प्रधानमन्त्रीको राजीनामा माग्नु स्टन्डबाजी हो : उपप्रधानमन्त्री श्रेष्ठ

प्रधानमन्त्रीको राजीनामा माग्नु स्टन्डबाजी हो : उपप्रधानमन्त्री श्रेष्ठ
सुन्नुहोस्

चितवन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय मान्यता विपरित काम गरेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई गलत आशय लगाएर अनावश्यक राजनीति गरिएको बताउँदै श्रेष्ठले संसद सुचारु गराउन सहयोग गर्न एमालेलाई आग्रह गरेका छन्। 

प्रेस सेन्टर नेपाल भरतपुरले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको अभिब्यक्तिलाई तोडमोड गरेर अनावश्यक हल्ला फिजाइएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बचाउ गरेका छन्। ‘जिनामालाई स्टन्डडबाजीको रुपमा बाहिर प्रचार र्न वा भाषण गर्दा बोल्नु एउटा कुरा हो। बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गर्नु संसदीय मान्यताको विपरित हो’, उनले भने, ‘म आशा गर्छु उहाँहरुले यो कुरालाई बुझेर संसद सुचारु गर्न सहयोग गर्नुहुन्छ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म संसद् चल्ने नदिने अडान राखको छ।  श्रेष्ठले प्रधानमन्त्री बन्नको लागि दिल्लीमा मान्छे पठाएको कुरा प्रधानमन्त्रीले नभनेको बताउँदै राजीनामासँग जोडेर गैर राजनैतिक क्रियाकलाप गरेको प्रतिकया दिएका छन्। 

‘हाम्रो सम्माननीय प्रधानमन्त्रीले आफू नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीं भन्नु भएको छैन र भन्नुहुन्न पनि,’  उनले भने , ‘यो विषयमा अरु कुरा उहाँले नै स्पष्ट पार्नुहुन्छ। ’

आफूलाई प्रधानमन्त्री बनाउन सहयोग पुर्‍याउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भएको छ। राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याएको तथा सार्वभौम राष्ट्रको प्रतिष्ठामा आघात पुगेको भन्दै एमालेलगायत विपक्षी दलले संसद् अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म चल्न नदिने चेतावनी दिएका छन्। 

उनले संसदमा असफल मिटरब्याज सम्बन्धी अध्यादेश निष्कृय भएकोमा दुख ब्यक्त गरेका छन्। एउटा शक्ति नै अध्यादेश असफल बनाउन लागेको बताउदै  संसदमा विचाराधीन विधयेकलाई कानुन बनाएरै छोड्ने बताए। ‘ एकातिर अध्यादेश निस्कृय हुने अर्कोतिर विधयेक पारित नहुने स्थिति नआउनुपथ्र्यो,’ श्रेष्ठले भने, ‘यसलाई रोक्ने जुन शक्ति छन् प्रष्ट भएको छ कसले कस्को पक्ष लिएको छ। मिटरब्याजी पिडितलाई न्याय दिने अभियान रोकिंदैन। यसलाई असफल पार्छु भनेर कसैले नसोचे हुन्छ। ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.