प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमामा ठेस पुर्याएको छ : डा.शेखर कोइराला
विराटनगर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस पुगेको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताए।
उनले भने,' कुन परिप्रेक्षमा बोल्नुभयो मैले त्यो जान्दिन। तर यसले अत्यन्त गलत भाष्य भएको छ। यसले संसदको गरिमालाई ठेस पुर्याएको छ। नेपाली जनतालाई पनि ठेस पुर्याएको छ।'
उनले प्रधानमन्त्रीलाई विचार पुर्याएर बोल्नुपर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका छन्।
उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक र राष्ट्रिय सभा बैठक बस्न सकेका छैनन्।