जेनेट येलेनको भ्रमणले सुधार होला अमेरिका-चीन सम्बन्ध

जेनेट येलेनको भ्रमणले सुधार होला अमेरिका-चीन सम्बन्ध
सुन्नुहोस्

बेइजिङ : अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ। भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताएको छ।

येलेनको चार दिने चीन भ्रमण ट्रेजरी प्रमुखको रूपमा उनको पहिलो चीन भ्रमण हो। उनी गत महिना विदेशमन्त्री एन्टोनी ब्लिन्केनपछि हालै मात्र चीन भ्रमण गर्ने दोस्रो उच्च पदस्थ अमेरिकी अधिकारी हुन्। 

भेटमा येलेनले चिनियाँ प्रधानमन्त्री लीलाई संयुक्त राज्य अमेरिकाले आर्थिक प्रदर्शन गर्न नचाहेको बताएकी थिइन्।

बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’मा उनले लीलाई सम्बोधन गर्दै भनिन्, 'सबै विजेताले पाउने नियमका आधारमा होइन दुवै देशलाई फाइदा पुर्‍याउने नियमका आधारमा हामी दुई देशबीचको स्वस्थ आर्थिक प्रतिस्पर्धा चाहन्छौं।'

संयुक्त राज्य अमेरिकाले वासिङ्टनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण मानिएको उन्नत प्रविधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको पहुँचसीमित गरेर चीनबाट ‘जोखिम कम गर्न’ खोजिरहेको बताएको छ।

अमेरिकाले धेरै चिनियाँ कम्पनीहरूलाई सबैभन्दा उन्नत चिप्समा पहुँचबाट रोक्नका लागि कालोसूचीमा राखेको छ भने आफ्ना सहयोगीहरूलाई पनि यसको अनुसरण गर्न दबाब दिएको छ। तर येलेनले प्रधानमन्त्री लीलाई वासिङ्टनले ‘केही परिस्थितिमा आफ्नो राष्ट्रिय सुरक्षाको रक्षाका लागि लक्षित कदम चाल्नुपर्ने’ बताएकी थिइन्।

उनले भनिन्, 'यस्ता घटनामा हामी असहमत हुन सक्छौं। तर, हामीले कुनै पनि असहमतिले हाम्रो द्विपक्षीय आर्थिक र वित्तीय सम्बन्धलाई अनावश्यकरूपमा बिगार्ने असमझदारी निम्त्याउन दिनु हुँदैन।' लीले कठिन समयपछि बेइजिङले सम्बन्ध सुधार भएको देख्नसक्ने बताP.

लीले अमेरिका चीन सम्बन्धमा सुधारको संकेत गर्दै भने, 'हिजो जब तपाईं हाम्रो विमानस्थलमा आइपुग्नुभयो र विमानबाट बाहिर निस्कनुभयो, हामीले इन्द्रेणी देख्यौं।'

उनले प्रसँगलाई जोड्दै थपे, 'चर्को हावा र वर्षाको एक चरण अनुभव गरेपछि हामी शान्त इन्द्रेणी देख्न सक्छौं। यो अमेरिका-चीन सम्बन्धमा पनि लागू हुनसक्छ।'

बेइजिङमा अमेरिकी चेम्बर अफ कमर्शले आयोजना गरेको एक सत्रमा येलेनले अमेरिकी व्यवसायका प्रतिनिधिहरूसँगको बैठकमा भनिन्, 'विश्वका दुई ठूला अर्थतन्त्रलाई टुक्र्याउने हो भने विश्व अर्थतन्त्रले अस्थिरताको सामना गर्नेछ।' बेइजिङले येलेनको भ्रमणअघि राष्ट्रिय सुरक्षाको आधारमा सेमीकन्डक्टर उत्पादनका लागि महत्वपूर्ण धातुहरूमा नयाँ निर्यात नियन्त्रणको घोषणा गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.