थाइल्यान्डको प्रधानमन्त्री चयन अझै अनिश्चित

थाइल्यान्डको प्रधानमन्त्री चयन अझै अनिश्चित
सुन्नुहोस्

बैंकक (एएफपी) : थाइल्यान्डमा प्रधानमन्त्रीका लागि अग्रगामी उम्मेदवारले आइतबार आफ्ना समर्थकहरूलाई यस हप्ता हुने संसदीय मतदानअघि आफू पछि नहट्ने बताएका छन्।     

पिता लिम्जाको प्रजातन्त्र समर्थक मुभ फरवार्ड पार्टी (एमएफपी)ले मे १४ को चुनावमा सबैभन्दा बढी सिट जितेको थियो। तर, सरकार गठन गर्न सक्षम हुने वा उनी प्रधानमन्त्री बन्ने कुनै सुनिश्चितता भने देखिएको छैन।     

एमएफपीको आठ दलीय गठबन्धनसँग तल्लो सदनका कुल ३१२ सिट छन्। तर, यो पिटालाई समर्थन गर्न संसदको दुवै सदनमा आवश्यक पर्ने ३७६ मतभन्दा कम हो। थाइल्यान्डको शाही मानहानिसम्बन्धी कानुनमा सुधार गर्न आफ्नो पार्टीले गरेको विवादास्पद दबाब र व्यापारिक एकाधिकारलाई हल्लाउने योजनाका कारण सेनाद्वारा नियुक्त २५० सदस्यीय सिनेटको विरोधको सामना गर्नुपरेको छ।     

यसैबीच, संसद बाहिर, उनी हाल बन्द भएको सञ्चार गृहमा शेयर भएको आरोप लागेकाले उनी पदका लागि चुनाव लड्न अयोग्य भएको दाबीको बारेमा अनुसन्धान भइरहेको छ। सांसदहरूलाई सञ्चारमाध्यमको शेयरको स्वामित्व लिन अनुमति छैन।     

पिटाले भने, ‘यस हप्ता राज्यको माथिल्लो र तल्लो सदनमा मतदान हुने महत्वपूर्ण दिनको सामना गर्नु परेको छ।’ मध्य बैंककमा वर्षामा भेला भएका सयौं समर्थकलाई सम्बोधन गर्दै उनले भने, ’यदि तपाईं पछि हट्नुभएन भने म पछि हट्ने छैन। यदि हामीले सही निर्णय गर्यौं र थाइल्यान्डलाई मौका दियौं भने हाम्रो देशको विकास हुनेछ।’   

तर यदि यो निर्णय गलत भयो भने थाइल्यान्डको कमजोर लोकतन्त्रको चक्र जारी रहने उनले बताए। ‘मलाई थाहा छैन, जुलाई १३ को सुनौलो मौका फेरि आउन हामीले कति समय पर्खनुपर्छ,’ मतदानको मिति उल्लेख गर्दै उनले भने।     

पिटाले सिनेटरहरूलाई ‘सबै सांसद जनताका राजनीतिज्ञ हौं’ भनेर सम्झन आग्रह गरे। उनले जनताको पक्षमा छु र जनताको बहुमतको पक्षमा छु भन्नेहरूलाई आफुले धन्यवाद दिने बताए। युनाइटेड थाइ नेशन पार्टीले गत हप्ता पिटाविरुद्ध प्रतिद्वन्द्वी उम्मेदवार खडा गर्ने वा नगर्ने भन्ने विषयमा विचार गरिरहेको बताएको थियो। सन् २०१४ को ‘कू’ पछि सत्तामा आएका र सन् २०१९ को चुनावपछि 

विशाल गठबन्धन सरकार गठन गरेका कार्यवाहक प्रधानमन्त्री प्रयुत चान–ओ–चाले नयाँ पार्टीको ब्यानरमा पुनः प्रधानमन्त्री निर्वाचित हुन चाहेको देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.