प्रधानन्यायाधीश कार्की सम्मानित

प्रधानन्यायाधीश कार्की सम्मानित

उदयपुर : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई उदयपुरमा सम्मान गरिएको छ। 

सोमबार जिल्ला अदालतको भवन उद्घाटन गर्न सदरमुकाम गाईघाट आइपुगेका कार्कीलाई मुडुला कार्की कुलायन व्यवस्थापन समितिले सम्मान गरेको हो। 

आफ्नो वंशावलीबाट मुलुकको सर्वोच्च निकाय सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदको पदभार ग्रहण गर्न सफल भएको भन्दै समितिले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो। 

सम्मानपछि बोल्दै प्रधानन्यायाधीश कार्कीले विविधतामा एकता रहेको हाम्रो समाज, संस्कृति, रीतिरिवाजहरूको सम्मान गर्दै अगाडि बढ्न सकेमात्र देश समृद्ध बन्न सक्ने धारणा व्यक्त गरे। 

उनले भने, ‘विकसित समाज अनुसार समाजलाई अघि बढाउनु पर्छ तर त्यसो भनिरहँदा आफ्ना रीतिरिवाज, चालचलन, परम्परालाई चटक्कै बिर्सनु पर्छ भन्ने हैन त्यसभित्र विकृति विसंगती भए परिमार्जन गर्नुपर्छ।' 

कार्कीले आफ्नो प्रधानन्यायाधीशको छोटो अवधि न्यायालय सुधार, शुद्धीकरण र सुदृढीकरणमा व्यतीत गर्ने बताए। कोसी प्रदेशका पूर्वसांसद विमल कार्की, बेलका नगरपालिकाकामा मेयर अशोक कार्की लगायतले बधाई दिँदै न्यायको अनूभुति हुने गरी कार्यक्रम अघि सार्न सुझाव दिए। 

समितिका अध्यक्ष भरत कार्कीले बन्धुहरूका कहाँ कुन अवस्थामा छन् भन्ने जानकारी लिन वंशावली तयारीको अभियानमा जुटेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.