मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचैजना मेक्सिकन नागरिक (सूचिसहित)

मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचैजना मेक्सिकन नागरिक (सूचिसहित)
फाइल तस्बिर।

काठमाडौं : मनाङ एयरको होलिकोप्टरमा सवार यात्रु सबै विदेशी नागरिक भएको पुष्टि भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना मेक्सिकन नागरिक सवार छन्। ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। 

हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले अन्नपूर्णलाई जानकारी दिइन्।

हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै मेक्सिकन नागरिक हुन्।

सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।


 

यो पनि पढ्नुहोस


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.