रेडक्रस विवाद : तत्काल  निर्वाचनको माग गर्दै प्रदर्शन

रेडक्रस विवाद : तत्काल  निर्वाचनको माग गर्दै प्रदर्शन
सुन्नुहोस्

काठमाडौं: नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । उच्च अदालत पाटनले असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएपछि निर्वाचनमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं आएका प्रतिनिधिहरूले निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरूले मानवीयको रक्षा गरौं,रेडक्रसमा गैर रेडक्रसको  अनावश्यक हस्तक्षेप बन्द गर, तत्काल निर्वाचनको सुनिश्चितता लगायका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले  सात प्रदेश समिति र ७६ जिल्ला शाखाबाट प्रतिनिधि छनौट भइ काठमाडौं आइसकेको अवस्थामा अन्तिम समयमा अदालतका आदेशका कारण निर्वाचन रोकिनुले श्रावण महिनादेखि सोसाइटीले देशभर प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रस प्रशासनको आग्रहमा पत्र लेखेर निर्वाचन गर्न अनुमति दिएको थियो। प्रशासनको पत्रअनुसार निर्वाचन गर्ने तयारी भएपनि रेडक्रसका आजीवन सदस्य ईश्वरीप्रसाद दाहालले निर्वाचनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। 

अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.