मोरङ कारागारका बन्दीको मृत्यु

मोरङ कारागारका बन्दीको मृत्यु
सुन्नुहोस्

विराटनगर : विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका एक जना वृद्धको बिहीबार मृत्यु भएको छ। 

कर्तव्य ज्यान मुद्दाका बन्दी मोरङको पथरीशनिश्चरे नगरपालिका–३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको कारागारका जेलर कृष्ण खड्काले जानकारी दिए। उनका अनुसार बिहान ९ बजेतिर अचानक बिरामी परेर बेहोस भएपछि दमाईलाई उपचारका लागि विराटनगरकै कोसी अस्पताल लगिएको थियो। 

उपचारका क्रममा चिकित्सकले १० बजेतिर मृत घोषित गरेको खड्काले बताए। उपचारमा संलग्न चिकित्सकले उच्च रक्तचापका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्। 

जेलर खड्काका अनुसार दमाईलाई खुट्टा सुन्निने, छात्ती दुख्नेलगायत स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो। यसअघि पनि पटक–पटक उपचारका लागि लैजाने गरिएको उनले बताए। 

कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार दमाई गत वैशाख ७ गतेदेखि पुर्पक्षका लागि कारागार चलान भएका थिए। तीन सय जनाको क्षमता रहेको मोरङ कारागारमा हाल महिला र पुरुष गरेर १ हजार ५२ जना कैदी बन्दी रहेको जेलर खड्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.