एसईईका सर्वोत्कृष्ट विद्यार्थीलाई विराटनगरमा सम्मान

एसईईका सर्वोत्कृष्ट विद्यार्थीलाई विराटनगरमा सम्मान

विराटनगर : सर्वोत्कृष्ट अंक ल्याएर एसईई परीक्षा उत्तीर्ण भएका विद्यार्थीलाई विराटनगरमा बिहीबार सम्मान गरिएको छ। 

२०७९ सालको एसईईमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको हो। मेयर नागेश कोइरालाले ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई अविर र खादा लगाएर सम्मान गरेका हुन्। उनीहरूलाई सम्मानपत्र पनि प्रदान गरिएको छ। 

सर्वोत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा महानगरका मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमलगायत उपस्थित थिए। 

४ जीपीए ल्याउने तीनैजना विराटनगर महानगरपालिका–११ स्थित विकेभिएम स्कुलका विद्यार्थी हुन्। कोसी प्रदेशमा ४ जीपीए ल्याउने ५ जना विद्यार्थीमध्ये ३ जना विराटनगरका छन्। 

त्यस्तै, सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंक ल्याउने पोखरिया माविका रचिता दंगाल, सविना कोइराला र रोहन साहलाई पनि सम्मान गरिएको छ। एसईईमा उनीहरू तीनैजनाले ३.९५ जीपीए ल्याएका थिए। उक्त अवसरमा विकेभिएम स्कुल र पोखरिया माविलाई समेत सम्मान गरिएको थियो।

विकेभिएमका प्रिन्सिपल रविन दाहाल र पोखरियाका प्रधानाध्यापक खेमराज भट्टराईलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गरेका हुन्।  

विराटनगर शैक्षिक हब बन्ने बाटोमा अगाडि बढेको कोइरालाको भनाइ छ। उनले  शैक्षिक क्षेत्रमा विराटनगरले एकपछि अर्को सफलता प्राप्त गर्नुले महानगरको प्रतिष्ठासमेत बढेको उल्लेख गरे। 

सम्मानपछि विराटनगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर एसईई समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.