पशुपक्षीमा एन्टिबायोटिकको दुरुपयोग

पशुपक्षीमा एन्टिबायोटिकको दुरुपयोग
फाइल तस्बिर।
सुन्नुहोस्

एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दो छ। यसको प्रयोग मानिसमा मात्र नभई पशुपक्षीमा पनि जथाभावी किसिमले भइरहेको छ। जनावरलाई एन्टिबायोटिक दिँदा मानिसको जस्तै कल्चर जाँच गरेर दिनुपर्छ। तर जाँचै नगरी हचुवाका भरमा एन्टिबायोटिकजस्तो कडा खालको औषधि दिने गरिएको पाइएको छ। कुखुरा तथा पशुहरूमा एन्टिबायोटिक प्रयोग भएलगत्तै तिनको मासु मानिसले खाए जैविक प्रतिरोधी क्षमता कमजोर हुन्छ। नेपालमा न्यून चिकित्सकले मात्र कल्चर गरेर एन्टिबायोटिक प्रेसक्राइब गर्ने गरेको पाइएको छ। कतिपयलाई एन्टिबायोटिक सिफारिस सम्बन्धमा आवश्यक जानकारीसमेत छैन। 

एन्टिबायोटिक औषधिहरूको उपयोग विशेषगरी मानिस एवं  पशुहरूमा जीवाणु संक्रमणको उपचारमा गरिन्छ। यी औषधिहरूले कीटाणुु तथा जीवाणुद्वारा हुने संक्रमणमा जादुमयी रूपमा कार्य गर्छ। जीवाणुहरूलाई नष्ट गर्छ। तर, जीवन रक्षक हुँदाहुँदै पनि यी औषधिहरू जीवाणुहरूको एकअर्काप्रति हानिकारक भएको पाटो सामुन्ने आएको छ। एन्टिबायोटिकको अत्यधिक अनियन्त्रित तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ।

एन्टिबायोटिक औषधिहरूको दुरुपयोगका कारण धेरैजसो जीवाणु यी औषधिहरूप्रति प्रतिरोध गर्न सक्षम भएका छन्। जसका कारण यिनमा यी औषधिहरूको प्रभाव समाप्त वा कम हुने गर्छ। यस कारण कैयौं पटक संक्रमण उपचार निष्प्रभावी हुन्छ। यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगको कारण बनिरहेका छन्। यो समस्याले गम्भीर रूप लिएको छ। संयुक्त राज्य अमेरिकाजस्तो विकसित मुलुकमा बर्सेनि कम्तीमा २० लाख मानिस एन्टिबायोटिक प्रतिरोध जीवाणुबाट संक्रमित हुने गर्छन्। र, २३ हजार जति संक्रमित भएर मृत्युवरण गर्छन्। विकासशील देशहरूमा त स्थिति झन् भयावह हुन सक्छ। 

एन्टिबायोटिक औषधिहरूको उपयोग मुख्य रूपमा संक्रमित बिरामी पशुहरूको उपचारका लागि गरिन्छ। यस्तो परिस्थितिमा सामान्यतया यी औषधिहरूको उपयोग अन्य कारकहरू जस्तै रोगको बचाउमा रोगहरूको नियन्त्रण अथवा पशुपालनमा पशुहरूको शारीरिक विकास बढाउन लागि गरिन्छ। त्यसबेला यी औषधिहरूको मात्रा कम दिइने गरिन्छ। पशुहरूमा जीवाणु संक्रमणको उपचार तथा रोकथामको लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधिहरूको उपयोग संसारभरि ठूलो मात्रामा गर्ने गरिएको छ। पशुमा विभिन्न किसिमका एन्टिबायोटिक औषधिको प्रयोग गरिँदै आएको छ।

पशुमा लाग्ने रोगको रोगथाम तथा पशुहरूको शारीरिक विकास वृद्धिको लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ। पशु चिकित्सकहरूले संक्रमणको कारण पहिचान गर्दै पशुको औषधिप्रति सहनशक्ति, औषधिको दुष्प्रभाव आदि विषयमा गम्भीर भएर विचार पु¥याउनुपर्छ। औषधिहरू दानापानी अथवा इन्जेक्सनद्वारा चिकित्सकीय सल्लाहअनुसार दिइन्छ। तर, यी औषधिहरूको दुरुपयोगका धेरै दुष्परिणाम हुन सक्छन्। बढ्दो जनसंख्याका कारण पशुजनित खाद्य पदार्थको माग लगातार बढ्दो छ।

धेरै उत्पादनका लागि पशुहरूमा रोगहरूबाट बचाउन एवं रोकथाम आवश्यक हुन्छ। यसको लागि एन्टिबायोटिक औषधिहरूको उपयोग आवश्यक हुन्छ। यसका साथसाथै कैयौं पदार्थहरूको प्रयोग पशुहरूको दानापानीमा गर्ने गरिन्छ। जसले गर्दा पशु उत्पादन, पशुपालन तथा कुखुरापालनमा एन्टिबायोटिकको प्रयोग भइरहेको छ। नेपालमा जथाभावी एन्टिबायोटिक प्रयोग भइरहेको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा एन्टिबायोटिक जथाभावी प्रयोग गर्दा कीटाणु नमर्ने अवस्थातिर विकसित हुँदै गएको छ। यसले जोखिम बढेको हो। एन्टिबायोटिक औषधिहरूको अनुचित एवं अन्धाधुन्ध प्रयोगले तिनको यो क्षमता तेजले बढ्दछ। र, यस्ता जीवाणु वातावरणमा फैलिन्छन्। जसलाई सामान्य औषधिले नष्ट गर्न मुस्किल हुन्छ।

पशु चिकित्साकर्मी एवं पशुपालकहरूले एन्टिबायोटिकको उपयोगमा गम्भीरतापूर्वक विचार गर्नुपर्छ। किनकि उपचार गर्ने बेला या उपचारपछि यी औषधिहरू पशुको दूध, फूल, मासुजन्य उत्पादनमा आवश्यक रूपमा आउन सक्छन्। जुन जनस्वास्थ्यको लागि हानिकारक हुन सक्छ। एन्टिबायोटिक प्रतिरोधी क्षमता भएका जीवाणुले आफ्नो यो क्षमताको प्रसार अर्काे जीवाणुमा गर्न सक्छ। जसको गम्भीर परिणाम हुन सक्छ। यस्ता कैयौं रोग जसको उपचार पहिले सजिलै हुन्थ्यो। तर, अहिले कठिन हुँदै गएको पाइन्छ।

एन्टिबायोटिक औषधिहरूको प्रयोग उचित विधिअनुसार तथा सम्बन्धित चिकित्सकको सल्लाहअनुसार सोचविचार गरी गर्नुपर्छ। यी औषधिहरूको उपयोगमा लापरबाही भएमा मानिस तथा पशुहरू दुवैमा मृत्युको कारण बन्न सक्छ। एन्टिबायोटिक औषधिहरूको अनुचित प्रयोग गर्नु हुँदैन। एन्टिबायोटिकको अधिक वा कम मात्रा प्रयोग गर्दा वा नक्कली तथा कमसल गुणस्तरको औषधिको उपयोगले अत्यधिक नोक्सानी पु¥याउँछ। त्यसैले एन्टिबायोटिक नै सबै खाले रोगको सर्वकालिक समाधान होइन। एन्टिबायोटिक औषधिको दुरुपयोग हुन नदिन जनचेतना फैलाउनुपर्ने खाँचो रहेको छ। 

कार्की वरिष्ठ पशु चिकित्सक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.