मनमोहन कार्डियो थोरासिकमा फार्मेसी अधिकृत मृत भेटिए
काठमाडौं : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो थोरासिक एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत मृत भेटिएका छन्।
अर्घाखाँचीको सितगंगा नगरपालिका सिद्दारा घर भएका ३५ वर्षीय अमृत पोखरेल शुक्रबार बिहान कार्यालयभित्र कपडाको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले पोखरेल बिहान करिब ८ बजेतिर सेन्टरको दुईतलामाथि स्टोररुमको भर्याङमा कपडाको पासो लगाइ झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।