गाँजाको अवैध धन्दामा संलग्न आरोपमा मोरङको लेटाङबाट ४ जना पक्राउ

गाँजाको अवैध धन्दामा संलग्न आरोपमा मोरङको लेटाङबाट ४ जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर  : लागुऔषध गाँजा मुद्दामा अनुसन्धानका लागि मोरङको लेटाङबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लेटाङ नगरपालिका–९ सिरिजंगा चोकका २२ वर्षीय झुप्पे भनिने बसन्त मगर, २१ वर्षीय संयोग बुर्जा मगर, २० वर्षीय आशुतोष मगर र १९ वर्षीय प्रयास राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

अस्थायी प्रहरी चौकी जाँतेबाट प्रहरी सहायक निरीक्षक (असइ) रामकुमार कटुवालको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो ।  चारैजनाविरुद्ध जिल्ला अदालत मोरङबाट बुधबार पक्राउ पूर्जी जारी भएको थियो । उनीहरुविरुद्ध शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी दाहालले बताए ।  

प्रहरीले असार २० गते लेटाङ–९ का २० वर्षीय दिवाहाङ राई र पवन बाग्दासलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर विकाश थपलिया नेतृत्वको टोलीले छापा हान्दा उनीहरुको घरबाट लागूऔषध गाँजा आधा किलोसहित प्रतिबन्धित औषधिहरु स्पासपेन २ सय र ट्रामाडोल २ सय ट्याब्लेट बरामद भएको थियो । 

अनुसन्धानबाट राई र बाग्दाससँगै गाँजाको अवैध धन्दामा संलग्न रहेको पाइएपछि बिहीबार साँझ थप ४ जनालाई पक्राउ गरिएको डीएसपी दाहालले बताए । प्रहरीले असार २० गते नै गाँजा र प्रतिबन्धित औषधिसहित लेटाङ–८ का २० वर्षीय सुवास कार्की र २५ वर्षीय लोकेश राईलाई पनि पक्राउ गरेको थियो । घरबाट स्पासपेन ५ सय ५३ र ट्रामाडोल ४ सय ४५ ट्याब्लेट बरामद भएपछि लेटाङ–९ का २६ वर्षीय अभिषेक दर्जी पनि पक्राउ परेका थिए । 

जबरजस्ती करणी एवं बालबिज्याइँका अभियुक्त पक्राउ 

लेटाङबाटै प्रहरीले जबरजस्ती करणी एवं बालबिज्याइँका अर्का अभियुक्तलाई पनि पक्राउ गरेको छ । जबरजस्ती करणी एवं बालबिज्याइँ मुद्दामा दोषी ठहर भएका १५ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका किशोरलाई अदालतले १ महिना ६ दिन कैद सजायको फैसला गरेको छ । पक्राउ गरेर प्रहरीले बुझाएपछि उनलाई अदालतले शुक्रबार कैद सजाय भुक्तानका लागि बालसुधार गृह पठाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.