देशको अर्थतन्त्र अप्ठ्यारोमा छ, तर जनतासँग गरेका बाचा पूरा गछौं : उपप्रधानमन्त्री खड्का

देशको अर्थतन्त्र अप्ठ्यारोमा छ, तर जनतासँग गरेका बाचा पूरा गछौं : उपप्रधानमन्त्री खड्का
सुन्नुहोस्

सुर्खेत : उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन्। शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशको प्रतिकुल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताएका हुन्। 

उनले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भएपनि निर्वाचनका लागि जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने दाबी गरे। खड्काले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले कामहरु गरिरहेको बताए। ‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरु अघि बढेका छन्,’उनले भने, ‘जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिबद्ध छु।’ 

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए। उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गर्ने गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै त्यो शहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए। 

उनले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिंचाई, विद्युतीकरण, सडक लगायतका कामहरु गर्ने गरेर भेरी करिडोर सिंचाई विकास योजनालगायतका ठूला विकास योजनाहरु कार्यान्वयन भइरहेको बताए।

इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले जनताले घर–आँगनबाटै सेवा प्रवाह गर्ने उद्देश्यले मेहलकुनामा इलाका प्रशासन कार्यालय स्थापना उल्लेख गरे। ‘वडा हुँदै पालिकाबाट सिफारिस लिएर नागरिकता लिन सदरमुकाम जाँदा यहाँका नागरिकहरुको समयसँगै पैसा पनि अनावश्यक खर्च भइरहेको हामीले देखेका छौं,’उनले भने, ‘अब पूर्वी सुर्खेतका जनतालाई प्रशासनिक कामका लागि सदरमुकाम धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ।’ 

उनले पूर्वी सुर्खेतका लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पुर्‍याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापीलगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु स्थापना गरिएको बताए। उनले मेहलकुनामा केही दिनभित्रै इलाका प्रहरी कार्यालय पनि औपचारिक रुपमा स्थापना हुने बताए। ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु एकै ठाउँमा स्थापना गरेर पूर्वी सुर्खेतका नागरिकहरुलाई आफ्नै ठाउँबाट सेवा पाउन भन्ने चाहना थियो,’ उपप्रधानमन्त्री खड्काले भने, ‘त्यो चाहना अहिले पूरा हुँदै गएको छ।’ 

उपप्रधानमन्त्री खड्काले नवीन तरिकाले तिब्र बेगमा जनताको विकास निर्माणको चाहना र महत्वाकांक्षालाई सम्बोधन गर्ने गरेर काम भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.