बाधा अड्काउ फुकाउको व्यवस्था वैदेशिक रोजगार ऐनविपरीत

जस्केलाबाट म्यानपावरको लाइसेन्स नवीकरण, आर्थिक चलखेलको आशंका

जस्केलाबाट म्यानपावरको लाइसेन्स नवीकरण, आर्थिक चलखेलको आशंका

२०७५ सालमा एमाले नेता गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा  केही नेपाल ऐन संशोधन गर्ने ऐनमार्फत इजाजतपत्र रद्द हुने व्यवस्थामा न्यूनतम कामदार पठाउनुपर्ने व्यवस्था सामेल गरिएको थियो। त्यसयता विभिन्न बहानामा हरेक वर्ष बाधा अड्काउ फुकाउने गरिएको छ।

काठमाडौं :वैदेशिक रोजगार ऐन, २०६४ ले भन्छ– लगातार दुई वर्षसम्म वार्षिक १ सय जना पनि कामदार पठाउन नसकेमा म्यानपावर कम्पनीको लाइसेन्स रद्द हुन्छ।’ तर, मन्त्रिपरिषद्को असार २६ गतेको बैठकले १ सय जना पनि विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ।

बाधा अडकाउ फुकाउ आदेश जारी गरेर सरकारले म्यानपावरको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको हो। ऐनको स्पष्ट व्यवस्थालाई लत्याएर म्यानपावर व्यवसायीको ‘हित’मा भएको उक्त निर्णयका पछाडि ठूलै ‘आर्थिक चलखेल’ भएको सरोकारवालाहरू बताउँछन्। मन्त्रिपरिषद्को उक्त निर्णयले २ सयभन्दा बढी म्यानपावर व्यवसायी जोगिएका छन्। वैदेशिक रोजगारी ऐनको व्यवस्था लत्याएर सरकारले उनीहरूको व्यवसाय खारेज हुनबाट रोकिदिएको हो।

म्यानपावर कम्पनीहरूले आर्थिक वर्ष सकिनु अघि नै अर्को आवका लागि इजाजतपत्र नवीकरण गराउनुपर्ने हुन्छ। तर, ऐनको दफा १३ उपदफा २ (घ२) ले बर्सेनि सय जना पनि पठाउन नसक्ने म्यानपावरको लाइसेन्स रद्द हुन्छ। तर, मन्त्रिपरिषद्को असार २६ गते बसेको बैठकको निर्णयमा भनिएको छ– आव २०७८/७९ र २०७९/८० मा वार्षिक रूपमा न्यूनतम १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजतपत्र आव २०८०/८१ का लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने।’

यो बाधा अड्काउ फुकाउको व्यवस्था वैदेशिक रोजगार ऐनविपरीत हो। ऐनको दफा १३ उपदफा २(घ२)मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसकेमा इजाजतपत्र रद्द गर्ने व्यवस्था छ।

हालसम्मको तथ्यांकअनुसार लगातार २ आर्थिक वर्ष  २०७८/७९ र २०७९/८० मा सय–सय जना कामदार पठाउन नसक्ने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)को संख्या २ सयको हाराहारीमा छ। मन्त्रिपरिषद्को निर्णयले यिनै २ सय कम्पनीको लाइसेन्स रद्द हुनबाट जोगाइदिएको हो। म्यानपावर कम्पनी नै खारेज हुने स्थिति बनेपछि व्यवसायीले लाइसेन्स नवीकरणका लागि श्रम मन्त्रालयदेखि राजनीतिक नेतृत्वसम्म ‘लबिङ’ गरेका थिए। त्यस क्रममा आर्थिक चलखेल भएको उच्च स्रोतले बतायो। 

२०७५ सालमा एमाले नेता गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा  केही नेपाल ऐन संशोधन गर्ने ऐनमार्फत इजाजतपत्र रद्द हुने व्यवस्थामा न्यूनतम कामदार पठाउनुपर्ने व्यवस्था सामेल गरिएको थियो। त्यसयता विभिन्न बहानामा हरेक वर्ष बाधा अड्काउ फुकाउने गरिएको छ।

आव २०७६/७७ र २०७७/७८ मा वैदेशिक रोजगारी क्षेत्र कोरोनाले प्रभावित पारेको बहाना बनाएर ३ आर्थिक वर्ष बाधा अड्काउ फुकुवामार्फत म्यानपावरको इजाजत नवीकरण गरिएको थियो। तर, पछिल्ला २ आवमा वैदेशिक रोजगारीमा जाने क्रम बढेको, कोरोना महामारी अन्त्य भइसकेको र ऐनमा सुधार गर्नुपर्ने भए संसद् पनि सुचारु रहेको अवस्थामा सरकारले म्यानपावर पोस्न बाधा अडकाउको सहारा लिएको छ। 

वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार पछिल्ला आर्थिक वर्षमा पनि विभिन्न कारणले संख्या पुर्‍याउन नसकेका व्यवसायीको लाइसेन्स नवीकरण हुने गरेको थियो। अहिले पनि विगतमा गरे झैं मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकुवा गरेको जानकारी उनले दिए। सुवेदीले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय भएपछि थ्रेसहोल्ड कटाउन नसक्ने वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण हुने गरेको थियो। चालु आवको अन्त्यसम्म पनि लगातार २ आवमा सय जना कामदार पठाउन नसक्ने व्यवसायीको संख्या करिब २ सय छ।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी इजाजतपत्र नवीकरण गर्न १०० जना पठाउनै पर्ने प्रावधान अनावश्यक र अव्यावहारिक रहेको बताउँछन्। 

वैदेशिक रोजगार ऐन, २०६४
१३. इजाजतपत्र रद्द गर्ने : (२) इजाजतपत्रवालाले देहायबमोजिमको कुनै कार्य गरेमा विभागले निजले पाएको इजाजतपत्र रद्द गर्न सक्नेछ : 
(घ२) लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसकेमा,

‘कुनै कम्पनीले यो वर्ष ५ सय जना पठाएर अर्को वर्ष एक जना पनि नपठाउन सक्छ, ऐनले चाहिँ प्रत्येक वर्ष सय पठाउनुपर्ने व्यवस्था गर्‍यो,’ भण्डारीले भने, ‘यसको अर्थ, ५ सय कामदार पठाउने व्यवसायीको इजाजतपत्र ५ वर्षका लागि नवीकरण गर्नुपर्ने हो नि !’
ठूलो संख्यामा रोजगारीमा पठाउनेलाई कदर गर्न नसकेको सरकारले गाह्रो परे प्रोत्साहन गर्नै त परै जाओस्, उल्टै लाइसेन्स रद्द गर्ने व्यवस्था तर्कसंगत नरहेको भण्डारीको तर्क छ। 

उनका अनुसार लाइसेन्स दिएपछि व्यवसायलाई थ्रेसहोल्ड तोक्नु उचित अभ्यास होइन। ‘कसैले २ करोड रुपैयाँ धरौटी राखेर कम्पनी खोलेको छ र यदि ऊ मान्छे पठाउन सक्दैन भने आफैं प्रतिस्पर्धाबाट बाहिरिन्छ, राज्यले अनावश्यक नजर लगाइराख्नु हुँदैन,’ उनले भने। 
व्यवसायीले सयको थ्रेसहोल्ड अव्यावहारिक भएकाले संशोधन गरी पूर्ववत व्यवस्था गरिनुपर्ने माग गरिरहेका छन्। देशमा ८ सय ६० को संख्यामा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) सञ्चालनमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.