अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
![अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी](https://annapurnapost.prixacdn.net/media/albums/earthquake-russia_20200325130447_6pAFv8NuVJ.jpg)
युएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।
वासिङटन डिसी : अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले यो जानकारी दिएको हो ।
युएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।
युएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ । यूएसजीएसले भूकम्प पृथ्वीको ९.३ किलोमिटर गहिराइमा गएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)