टमाटरको भाउ आकासिएपछि भारत सरकार आफैंले प्रतिकिलो १२८ रुपैयाँमा बेच्दै

टमाटरको भाउ आकासिएपछि भारत सरकार आफैंले प्रतिकिलो १२८ रुपैयाँमा बेच्दै
फाइल तस्बिर।
सुन्नुहोस्

टमाटरको मूल्य अध्यधिक बढी भएको अवस्थामा सरकारले सर्वसाधारणलाई राहत दिन आफैं टमाटर बेच्ने कदम चालेको सञ्चारमाध्यममा जनाइएको छ।

नयाँ दिल्ली : भारतका धेरै शहरहरूमा टमाटरको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। टमाटरको मूल्य बढेपछि सर्वसाधारण मर्कामा परेका छन् । 

टमाटरको मूल्य अध्यधिक बढी भएको अवस्थामा सरकारले सर्वसाधारणलाई राहत दिन आफैं टमाटर बेच्ने कदम चालेको सञ्चारमाध्यममा जनाइएको छ। 

टमाटरको बढ्दो खुद्रा मूल्यलाई रोक्न खाद्य मन्त्रालयको उपभोक्ता मामिला विभागले पहिलो पटक प्रतिकिलो १४४ नेपाली रुपैयाँ सहुलियत दिएर टमाटर बिक्री गर्ने निर्णय गरेको हो । 

सरकारको यही हस्तक्षेपका कारण टमाटरको थोक मूल्य घटेको हो ।
 
योसँगै भारत सरकारले अहिले देशका ५ सयभन्दा बढी बिन्दुको पुनर्मूल्याङ्कन गरेको छ । त्यसपछि अवस्थालाई हेरेर आइतबारदेखि प्रतिकिलो १२८ रुपैयाँमा टमाटर बिक्री गर्ने निर्णय गरेको छ ।

एनएएफइडी र एनसीसीएफ मार्फत बिक्री आजदेखि दिल्ली, नोएडा, लखनऊ, कानपुर, वाराणसी, पटना, मुजफ्फरपुर र आराका विभिन्न बिन्दुहरूमा सुरु भएको छ। भोलिदेखि थप सहरहरूमा बिक्री विस्तार गरिने जनाइएको छ।

 
भारतमा गत एक महिनामा टमाटरको खुद्रा मूल्यमा ह्वात्तै वृद्धि भएको थियो । अहिले  भारतमा टमाटर प्रतिकिलो ४८० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई राहत दिन प्रमुख उपभोक्ता केन्द्रमा सुपथ मूल्यमा टमाटर बिक्री गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो । एनडीटिभी इन्डिया


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.