पानीको खाल्डोमा डुबेर बालकको मृत्यु
राजविराज : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पानीको खाल्डोमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।
तिलाठी कोइलाडी गाउँपालिका–७ बस्ने महादेब खंगका छोरा ८ वर्षीय बालकको डुबेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिए।
तिलाठी कोईलाडी गाउँपालिका–७ स्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयको पूर्वतर्फ रहेको खेल मैदानमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
विद्यालय र जनप्रतिनिधिको लापरबाहीले लामो समयदेखि खेल मैदानमा खाल्डो बनाएर छाडिएको छ। खेल मैदान निर्माणका लागि गाउँपालिकाले दिएको १० लाख रुपैयाँको भागवण्डा नमिलेकै कारणले पाँच महिनादेखि खेल मैदानमा खाल्डो यथावत छ।
यसैगरी सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब ६० वर्षीय एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।
कञ्चनरुप–८ बेरियर चोकस्थित पूर्वी बस स्टेडको प्रतिक्षालयमा नामथर नखुलेको व्यक्ति मृत अवस्थामा बताए।