किसानहरूको आर्थिक वृद्धिका लागि सोहजन आन्दोलन

किसानहरूको आर्थिक वृद्धिका लागि सोहजन आन्दोलन
सुन्नुहोस्

ढल्केवर : किसानहरूको आर्थिक वृद्धिका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सोहजन आन्दोलन गरिने भएको छ। किसानहरूको आम्दानी बढाउन चन्द्रनगर गाउँपालिकाले सोहजन खेतीको अवधारणा ल्याएको हो।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले एक कार्यक्रमका बीच सोहजन आन्दोलनको घोषणा गरेका छन्। ‘सम्मानित जीवन समृद्ध चन्द्रनगर’ नारा दिई चन्द्रनगरबाट सुरु गरिएको सोहजन आन्दोलन तराईका २२ जिल्लामा समेत फैलिने दावी गरिएको छ।

‘सोहजन खेतीबाट चन्द्रनगरका किसानहरूले आर्थिक लाभ लिएर चन्द्रनगरलाई समृद्ध बनाउने योजना छ,’ अध्यक्ष महतोले भने ‘यो खेती आन्दोलनको रूप लिई तराई मधेसको जिल्लामा पनि पछि विस्तार भएर मधेसकै अर्थतन्त्र रुपान्तरण गर्ने हामीले विश्वास लिएका छौं।’

चन्द्रनगरमा सोहजन खेती गरेर सोहजन उद्योग तथा अनुसन्धान केन्द्र खोलेर गाउँपालिकालाई समृद्ध बनाउने अध्यक्ष महतोले बताए। 

उनले चन्द्रनगरमा सोहजनको पातको चूर्ण, फेसवास, साबुन, तथा विभिन्न औषधीहरू उत्पादन तथा प्रशोधन गरी उद्योग मार्फत राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरण गरी चन्द्रनगरलाई समृद्धिको दिशातर्फ लगिने उल्लेख गरे। 

मधेसको हावापानी र मौसममा मात्र सोहजनको बिरुवा हुर्किने भएकोले सिंगो मधेसलाई नै उन्नतिको दिशामा लग्न सकिने उनको दावी छ।

‘सोहजनका बारेमा धेरै पुस्तकहरू लेखिएको छ। देश विदेशमा पनि सोहजनको फल, बिउ, पात, तेल तथा ठाठहरूको माग बढेको छ। भारतबाट पश्चिम देशहरूले सोहजन आयात गर्ने गर्छन,’ अध्यक्ष महतोले भने ‘नेपालमै सोहजनको पर्याप्त मात्रामा उत्पादन भएपछि विदेशमा निर्यात गरेर हामी आर्थिक लाभ लिन सक्छौं।’

सोहजन पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समुद्धिका लागि बहुउपयोगी बिरुवा हो। सोहजनलाई अंग्रेजीमा ‘मोरिंगा ओलियफेरा’ भन्निछ। सोहजनमा ९२ किसिमको पोषक तत्व हुन्छ। 

यसले कुपोषण अन्त्य गर्दछ। क्यान्सर रोग, मधुमेह रोग, कोलस्टोरल, दम रोग, लगायत ३ सय रोगको रोकथाम तथा उपचार सोहजनको फल, फूल, बिउ, डाढ, पातले गर्ने गरिन्छ। सोहजनले वातावरण पनि स्वच्छ बनाउने विज्ञहरू बताउँछन्।

सोहजन खेतीका विज्ञ देवनारायण मण्डलले सोहजन आम्दानीको हिसाबले किसानको लागि उत्तम भएको बताउँछन्। एक कठ्ठामा ४४ वटा विरुवा ८/८ फिटको दुरीमा रोप्दा सोहजन खेतीबाट राम्रो आम्दानी लिन सकिने मण्डलको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.