ओली कम्बोडिया प्रस्थान, एमालेको कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्। मंगलबार राति कम्बोडिया जानु अगाडि अध्यक्ष ओलीले कार्यवाहकअध्यक्षको जिम्मेवारी पोखरेललाई दिएको बालकोट स्रोतले जनाएको छ।
ओलीले संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन्। नेम्वाङ संसदीय दलको उपनेता हुन्। कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन्।
अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारीलगायत सहभागी छन्। अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कनेछन्।
निर्वाचन परिवेक्षण कै लागि विदेश विभाग प्रमुख राजन भट्टराई पनि बुधबार कम्बोडिया जाँदैछन्।