फिदिममा अटो दुर्घटना, एकको मृत्यु, तीन घाइते

फिदिममा अटो दुर्घटना, एकको मृत्यु, तीन घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

फिदिम : पाँचथरको फिदिम नगरपालिका- १ शनिबारेस्थित मेची राजमार्गमा ओटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अटोमा सवार तीनजना घाइते भएका छन् । 

बुधबार बिहान ८:४० बजे फिदिम बजारतर्फ आइरहेको प्र १–०१–००१ स ८७०५ नम्बरको अटो र्दुघटना हुँदा फिदिम ६ सिवाकी ५५ वर्षीया हरिमाया तुम्रोकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी तुम्रोकको उपचारको क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

अटोमा सवार सिवाकी ३६ वर्षीया बसन्ती लिम्बू, १९ वर्षीय सन्देश लिम्बू र फिदिम ७ का कुसल लिम्बू सामान्य घाइते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

अटोसहित चालक दिपक लिम्बूलाई प्रहरीले नियन्त्रणम लिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.