ग्यास बुलेटको सिटमुनि लुकाइ राखेको करिब ७० केजी गाँजासहित दुईजना पक्राउ

ग्यास बुलेटको सिटमुनि लुकाइ राखेको करिब ७० केजी गाँजासहित दुईजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

चितवन : ग्यास बुलेटको सिटमुनी र टुलबक्समा लुकाइरहेको  गाँजासहित प्रहरीले दुईजनालाई  पक्राउ गरेको छ । ग्यास बुलेटको अगाडिको भागको सिटमुनि  र टुलबक्समा लुकाइ छिपाइ ल्याएको (११ पोका) अन्दाजी ७० केजी गाँजा प्रहरीले नियन्त्रण गरेको हो । 

मंगलबार दिउँसो १ बजे चितवनको राप्ती नगरपालिकाको लोथर स्थितमा खैरहनी पर्साबाट पूर्व जाँदै गरेको MH48AY4709 भारतीय नम्बरको ग्यास बुलेटको खालि गाडि प्रहरीको नियन्त्रणमा छ । 

प्रहरीले बुलेट चालक भारत झारखण्ड कोर्डमा बस्ने  ३५  वर्षीय मनोज कुमार पासवान र  मकवानपुर मनहरी गाउँपालिका ७ का ४५ वर्षीय राजु वाईवालाई नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.