पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

आफ्नै घरको पछाडि रहेको पोखरीमा डुबेको अवस्थामा उनलाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार धान रोप्न खेतमा गएका अभिभावक फर्किएर आउँदा पेनिसा घरमा थिइनन्।

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मा घरनजिक रहेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। सुन्दरहरैँचा–२ की ७ वर्षीया पेनिसा चौधरीको बुधबार राति मृत्यु भएको हो। 

आफ्नै घरको पछाडि रहेको पोखरीमा डुबेको अवस्थामा उनलाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार धान रोप्न खेतमा गएका अभिभावक फर्किएर आउँदा पेनिसा घरमा थिइनन्। 

स्थानीय र अभिभावकले खोजी गर्दा पोखरीमा डुबेको अवस्थामा राति ८:३० बजेतिर शव फेला परेको दाहालले बताए। पोखरीबाट निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ। घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.