नेपाल फर्किए गभर्नर अधिकारी

नेपाल फर्किए गभर्नर अधिकारी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङको प्लेनरी बैठकमा नेपाली टोलीको नेतृत्व गरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वदेश फर्किएका छन्। २०८० असार २४ देखि २९ गतेसम्म क्यानाडाको भ्यानकुभरमा आयोजित एपीजीको वार्षिक प्लेनरी बैठकमा गभर्नर अधिकारीलगायतको सहभागिता थियो।

गभर्नर अधिकारीले बैठककै क्रममा सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा.पी. नन्दलाल विरासिंघेसँग साइडलाइन बैठक गरेका थिए। उक्त बैठकमा नेपाल र श्रीलंकाको वर्तमान आर्थिक स्थिति, दुई केन्द्रीय बैंकबीचको सम्बन्ध र द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल भएको थियो। 

साथै, गभर्नर अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलमा सहभागी यूएस ट्रेजरी, यूएस डिपार्टमेन्ट अफ जस्टिस र युएस  डिपार्टमेन्ट अफ स्टेटको टोलीसँग समेत छलफल गरे। छलफलमा नेपालको पारस्परिक मूल्यांकन प्रतिवेदनले औंल्याएका विषयहरू समेटिएको थियो।

एपीजीको वार्षिक बैठकपश्चात् गभर्नर अधिकारीले अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालयमा कोषका डेपुटी मेनेजिङ डाइरेक्टर एन्टोनेट सायहसहित साउथ इस्ट एसिया भोटिब ग्रुपका कार्यकारी निर्देशक, मनी एन्ड क्यापिटल मार्केट (एमसिएम) डिपार्टमेन्ट, लिगल डिपार्टमेन्ट र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरसेन (डीएफसी) का विशिष्ट पदाधिकारीहरूसँग सेफगार्ड एसेसमेन्ट, विस्तारित कर्जा सुविधा, पारस्परिक मूल्यांकनलगायत अन्य सान्दर्भिक विषयमा द्विपक्षीय छलफल गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.