हेटौंडा उपमहानगरले हटायो सडक किनाराका रुख–विरुवा

हेटौंडा उपमहानगरले हटायो सडक किनाराका रुख–विरुवा
सुन्नुहोस्

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले राप्तिरोड क्षेत्रको सडकको दायाँबायाँ किनारामा राखिएका रुख–विरुवा हटाएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारका लागि सहजता प्रदान गर्न र सार्वजनिक सम्पतीको क्षति हुनबाट रोक्न उपमहानगरले बुधबार राति रुख–विरुवा हटाएको जनाएको छ । 

सडक विस्तारका लागि सडक डिभिजन हेटौंडाले सूचना प्रकाशित गरिसकेको सन्दर्भमा स्थानीय सरकारको हैसियतमा आवश्यक सहजीकरण गरिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनले सडक विस्तार कार्यमा कसैले पनि अवरोध नपुर्याउन आग्रहसमेत गरे ।

सडक डिभिजनले असार १० गते ३५ दिने सूचना प्रकाशित गरी पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ गजभित्र पर्ने सम्पूर्ण घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको छ । २५ गज क्षेत्रमा पर्ने भएपछि राप्तिरोडको सडकपेटीबाट रुख–विरुवा हटाइएको हो । 

उपमहानगरले यसअघि नगर सभाबाट सडक विस्तारका लागि प्रकाशित सूचनाको स्वागत गर्दै आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.