सुन प्रकरणमा एजेन्टसहित छ जना पक्राउ

सुन प्रकरणमा एजेन्टसहित छ जना पक्राउ
फाइल तस्बिर।

काठमाडौं : लगभग १०० किलो सुन बरामद प्रकरणमा  राजस्व अनुसन्धान विभागले हालसम्म एक भारतीय नागरिकसहित छजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भइ हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ गाउँपालिका ३ घर भई हाल साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका- ४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई तथा ट्याक्सी चालक रहेका राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले बताए। उनका अनुसार अहिलेसम्म पनि सुनको एकिन परिणाम थाहा भइसकेको छैन। 

प्रवक्ता अधिकारीले भने, 'सबै सुन जोखेर सकिएको छैन। स्कुटरको ब्रेक सुको भित्रपट्टी टासिएर रहेकोले निकाल्न समय लागेको र पूरै सुन हालसम्म जोख्न नसकिएको हो।'

त्यसको मात्रा हेर्दा १ क्विन्टलभन्दा बढी हुने सम्भावना रहेको उनले बताए।

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास गरी सिनामंगल पुग्न लागेको अबैध सुन मंगलबार बरामद भएको थियो । बुधबार चेकजाँचबाट पुष्टि भएपछि मात्र सार्वजनिक गरिएको थियो।

विभागको टोलीले विमानस्थल भन्सार कार्यालयको गेट अगाडिबाट सुन बरामद गरेको थियो। 

सुन बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिर लैजाँदै गर्दा बरामद भएको  थियो। सुन मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। सामानको भन्सार पास गर्ने क्रममा सामानभित्रको सुन पनि कर्मचारीकै मिलेमतोमा पास भएको हुनसक्ने अनुसन्धान अधिकृतहरुको भनाइ छ।

बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुनसक्ने प्रहरी अधिकारीको आंशका छ। यो समूहले यसअघि पनि ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रारम्भिक अनुसन्धानका क्रममा १ सय ६० वटा सुनका टुक्रा ल्याइएको पाइएको छ।  विमानस्थल भन्सार कार्यालयले भने यस विषयमा केही जानकारी नभएको बताएको छ। 

सुन जडित मोटर पार्टस् कसरी भन्सार पास भयो यसबारे अनुसन्धान हुने विभागले जनाएको छ। बरामद सुन जोख्न राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ। सुनको शुद्धता पहिचान गर्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगिनेछ। 

विमानस्थलमा रहेको राजस्व अनुसन्धान विभागका अधिकारीले सुन तस्करी हुँदैछ भन्नेबारे पूर्वसूचना पाएका थिए। सूचनाका आधारमा राजस्वका कर्मचारी तस्करीको  सुनसम्म पुग्न सफल भएका हुन्।

गोप्य रूपमा अनुसन्धान नै सञ्चालन गरेर सुन बरामद गर्न सकिएको त्यहाँका एक कर्मचारीले बताए। भन्सार जाँचपास गर्ने कर्मचारी अनुसन्धानको घेरामा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.