बेनी-जोमसोम सडकको रुप्से बेलिब्रिज निर्माण सम्पन्न

बेनी-जोमसोम सडकको रुप्से बेलिब्रिज निर्माण सम्पन्न
म्याग्दी रुप्से सडकमा बेलिब्रिज निर्माण सम्पन्न। तस्बिर : ईन्द्रसिंह शेरचन।
सुन्नुहोस्

जोमसोम : उत्तर-दक्षिण जोड्ने व्यापारिक मार्ग विस्तारित आयोजना, राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला)सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण-३ रुप्सेमा निर्माणधिन बेलिब्रिज  निर्माण सम्पन्न छ। गत फागुन ८ गतेदेखि रुप्सेमा बेलिब्रिजसहित करिव २५० मिटर सडक स्तरोन्नति गर्ने कार्य थालिएकोमा ४ महिनामा निर्माणधिन बेलिब्रिज सञ्चालनमा ल्याइएको आयोजनाका सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।

म्याग्दीको अन्नपूर्ण-३ रुप्से खोलामा बेलिब्रिजको संरचना तथा बेलिब्रिज स्थान्तरणपछि मंगलबार बिहानैदेखि बेलिब्रिजबाट सवारी साधन तथा मालवाहक सवारी आउजाउ गर्न थालेको सडक सुपरभाईजर शेरचनको भनाई छ। रुप्सेमा पुल नहुँदा म्याग्दी-मुस्ताङ आउजाउ गर्ने सवारीलाई निकै सास्ती हुने गरेकोमा अब त्यो समस्या समाधान भएको सडक सुपरभाईजर शेरचनले खुलाए।

सडक विभागले मुक्तिनाथ निर्माण सेवासंग ३ करोड ५९ लाखमा ठेक्का बेलिब्रिज निर्माणसहितको काममा सम्झौता गरेको थियो। ठेक्का सम्झौता भएसँगै कन्ट्रक्सनले ४ महिनाको अवधिमा बेलिब्रिज पुल निर्माण सम्पन्न गरेको हो।

राष्ट्रिय गौरवको सडक अन्तर्गत म्याग्दीको पोखरे बगरमा सञ्चालनमा रहेको ४८ मिटर लामो बेलिब्रिज त्यहाँ पक्की पुल बनेसँगै फाल्टु बनेको थियो। त्यही बेलिब्रिजलाई उप्काएर रुप्सेमा जडान गरिएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए। सडक विभागको सम्झौता अनुसार बेलिब्रिजका लागि बेनीतर्फको क्षेत्रमा १० मिटर र जोमसोमतर्फको क्षेत्रमा ५ मिटरको ग्याविक वाल र आरसीसी वाल स्टक्चर निर्माण गरी बेलिब्रिज जडान गरिएको उनले जनाए। 

‘बेलिब्रिज सञ्चालनमा ल्याइएको छ र फिनिसिङका काम पनि सकियो,’ आयोजना प्रमुख प्रजापतीले भने,‘अब आजै बिहान  बेलिब्रिज जडान सकियो, सवारी आउजाउ गर्न योग्य भएको छ।’ 

म्याग्दी रुप्सेमा सडक तथा बेलिब्रिज स्थान्तरणका लागि निर्माण कन्ट्रक्सनले १ वर्षको सम्झौता गरेको हो। रुप्से सडकको काम पनि तोकिएको अवधिमा स्तरोन्नति सकिने आयोजना प्रमुख प्रजापतीले बताए।
 
आयोजनाले ३ वर्षअघि रुप्सेको सोही स्थानमा पक्की पुल निर्माणको योजना अघि बढाएको थियो। तर, त्यहाँ निर्माणधीन पक्की पुलमा बर्खायामको बाढीले क्षति तुल्याएपछि सडक सास्ती बनेको थियो। रुप्सेमा पुल नहुँदा म्याग्दीबाट मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई बर्खायाममा निकै सास्ती हुने गरेको थियो। कमजोर भुबनोटका कारण म्याग्दीको मुख्य राजमार्ग सडकको संरचनामा क्षति हुने गर्छ।

बेनी—जोमसोम सडकको सबैभन्दा बढी सडक क्षति हुने स्थान रुप्सेमा पुल नहुँदा सडक आवागमनमा कठिनाई हुने गरेकोमा अब केही दिन सो स्थानमा सवारी आवागमन सहज हुने सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए। उनले बेलिब्रिज स्थान्तरणकार्य द्रुत गतिमा भईरहेकाले २-३ दिनमा पुल सम्पन्न हुने दावी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.