पूर्वन्यायाधीशले दिए सम्बन्ध विच्छेदको निवेदन

पूर्वन्यायाधीशले दिए सम्बन्ध विच्छेदको निवेदन
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बेंसीसहर : पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले विवाह भएको ३८ वर्षपछि जेठी पत्नीविरुद्ध आरोप लगाउँदै फिरादपत्र दर्ता गरेका छन्। दोस्रो विवाह गरेको २४ वर्षपछि उनले जेठी पत्नीविरुद्ध विभिन्न आरोप लगाएर जिल्ला अदालत लमजुङमा फिरादपत्र दर्ता गराएका हुन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी हालेर चर्चामा आएका भट्टराईले उनको नियुक्तिपछि ‘नैतिकता देखाउँदै’ जिल्ला अदालत अर्घाखाँचीको न्यायाधीशबाट गत असार ११ गते राजीनामा दिएका थिए। 

‘विवाहको मण्डपमा एक्कासी आफूभन्दा निकै पाको उमेरकी महिला बेहुलीको भेषमा देख्दा डर लागी मण्डपबाटै भागौं कि भन्ने पनि लाग्यो। जन्त गएका दाइहरूलाई सो कुरा सुनाउँदा त्यसो हुन गएमा बुवाको बेइज्जत हुनेमात्र नभई पुलिसले पक्राउ गरेर भए पनि जबरजस्ती विवाह गराइदिने भनी डर, त्रास देखाएकाले चुपचाप अह्राएको मान्नुभन्दा मेरो बाल मस्तिष्कमा अर्को विकल्प सुझेन,’ फिरादपत्रमा उल्लेख छ, ‘फलस्वरूप निज विपक्षीसँग जबरजस्ती मेरो विवाह सम्पन्न भयो। आफू १५ वर्षको बच्चै भएकोले आफूभन्दा निकै छिप्पिएकी निज विपक्षी मलाई आन्टीजस्तो लाग्थ्यो। दौंतरीहरूले पनि आन्टीको लोग्ने भनी जिस्क्याउँथे।’

भट्टराईले निवेदनमा जेठी पत्नीलाई चरित्रहीन समेत भनेका छन्। जेठी पत्नीले होटलमा काम गर्ने, धेरै परपुरूषहरूसँग सम्बन्ध बनाउने भनेर उनको आचरण, चरित्रलाई दूषित देखाउने गरी उनले फिराद लेखेका छन्। जेठी पत्नीबाट जन्मिएका दुई छोरीलाई पनि आफ्ना नभएको उनले आरोप लगाएका छन्। छोरीहरूलाई मानवीयताको नाताले स्वीकार गरेको र उनीहरूको विवाह धुमधामले गरिदिएको उनले फिरादमा लेखेका छन्। 

भट्टराईले २०५६ मंसिर २६ मा रामेछापकी शारदा सिलवालसँग दोस्रो विवाह गरेका थिए। उनीबाट जन्मिएको छोराको २०७८ मंसिर १० मा अमेरिकामा सवारी दुर्घटनामा मृत्यु भएको थियो।

जेठी पत्नी मिठूले न्यायाधीश भइसकेको मान्छेले आफूविरुद्ध झुटा लाञ्छना लगाएको बताइन्। लमजुङको सुन्दरबजार नगरपालिका–९ फेदीकुनास्थित भट्टराईको थातथलोमै बस्दै आएकी मिठूले पेन्सन, सम्पत्ति दिनुपर्छ भनेर आफूलाई अपमानित गर्दै सम्बन्ध विच्छेद गर्न खोजेको गुनासो गरिन्। उनले भनिन्, ‘पहिले पनि खाली कागजमा सहीछाप गर् भनेर धम्क्याउनुहुन्थ्यो। अहिले पनि उहाँका मान्छेहरू आएर धम्काउँदै घर छोड् भन्छन्’, उनले भनिन्, ‘यो बुढेसकालमा म कहाँ जाऊँ, म अन्यायमा परेँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.