अन्नपूर्णकर्मी आचार्य पुरस्कृत
सन्धिखर्क : नेपाल प्रेस युनियन अर्घाखाँचीले स्थापना गरेको बिपी कोइराला पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका अर्घाखाँची संवाददाता प्रेमनारायण आचार्य पुरस्कृत भएका छन्।
युनियनको ८औं जिल्ला अधिवेशन तथा १३औं साधारणसभामा प्रेस युनियनले स्थापना गरेको बिपी कोइराला पत्रकारिता पुरस्कारबाट आचार्य पुरस्कृत भएका हुन्।
आचार्यलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद मुस्कान र जिल्ला सभापति केशव श्रेष्ठले सम्मान पत्रसहित नगदले पुरस्कृत गरेका हुन्। पत्रकार आचार्य विगत १५ वर्षदेखि अर्घाखाँची जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिल छन्।
प्रतिक्रिया दिनुहोस !
३