लम्पी स्किनले कर्णालीमा मरे साढे ६ हजार पशु, २ लाख १७ हजार संक्रमित

रोग नियन्त्रणका लागि २ करोड बजेट विनियोजन

लम्पी स्किनले कर्णालीमा मरे साढे ६ हजार पशु, २ लाख १७ हजार संक्रमित
दैलेखमा लम्पी स्किनको संक्रमणबाट बिरामी भएका पशु ।
सुन्नुहोस्

सुर्खेत : कर्णालीमा पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणमा चुनौती देखिएको छ। पशुमा संक्रमण फैलिएका कारण दूध उत्पादन घटेको छ भने खेतीको समयमा किसानलाई जोत्न समस्या भएको हो । संक्रमणका  कारण गाईगोरु मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

यो रोगको संक्रमण मुख्यगरी गाई, गोरु, भैंसी र चौंरीमा देखिएको छ । रोगका कारण पशुहरु धमाधम मर्न थालेका छन् । संक्रमण तीव्र बनेका कारण यसको रोकथामका लागि सुरु भएको खोप अभियान नै प्रभावित बनेको छ । संक्रमित क्षेत्रमा खोप अभियान संचालन गर्न नमिल्ने भएकाले पनि महामारीको रुपमा रोग फैलिएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत असार ३१ गतेसम्म कर्णालीमा लम्पी स्किन रोगको सङ्क्रमणबाट ६ हजार ७४१ वटा पशु मरेका छन् । हालसम्म प्रदेशका १० वटै जिल्लामा गरी २ लाख १७ हजार १४३ वटा पशुमा लम्पी स्किन रोगको सङ्क्रमण भएको छ । चौँरी, भैँसी, गोरु, गाई र बाच्छाबाच्छीमा संक्रमण देखिएको छ । संक्रमित मध्ये १ लाख ३७ हजार ९४ पशुको उपचार गरिएको मन्त्रालयका पशुविकास अधिकृत प्रचण्ड खड्काले जानकारी दिए । उनकाअनुसार संक्रमणबाट जाजरकोटमा २ हजार ७७२, हुम्लामा १ हजार ६८३, सुर्खेतमा १ हजार ३०, सल्यानमा १ हजार २०, दैलेखमा ५१२, कालिकोटमा ७८५, डोल्पामा ७३४, रुकुमपश्चिममा ४९६ र मुगुमा १२१ वटा पशु मरेका छन् । जुम्लाको तथ्याकं भने मन्त्रालयमा प्राप्त नभएको उनको भनाइ छ ।

संक्रमणका कारण डोल्पामा १४ वटा चौंरी मरेका छन् । गोरुमा रोगको प्रकोप बढी देखिएका कारण किसानलाई बर्खेखेती लगाउन समस्या भएकोमन्त्रालयले जनाएको छ । ‘संक्रमण नभएको जिल्ला छैन, सबै जिल्लामा महामारीको रुपमा फैलिएको छ’ मन्त्रालयका पशुविकास अधिकृत खड्काले भने,‘संक्रमण फैलिएपछि उपचारका लागि खोप लगाउन नमिल्ने रहेछ, यसकारण पनि खोप अभियान प्रभावित भएको छ ।’ उनका अनुसार हालसम्म प्रदेशभर १२ हजार ४४३ डोज खोप लगाएको छ । संक्रमण फैलिएको क्षेत्रमा लगाउन नमिल्ने भएकाले खोप स्टक रहेको उनको भनाइ छ ।

संक्रमण फैलिन नदिन पशुको आवतजावत रोक्ने एकमात्र विकल्प रहेको मन्त्रालयको भनाइ छ । महामारी नियन्त्रणका लागि नयाँ आर्थिक वर्षमा प्रदेशभरका लागि २ करोड बजेट विनियोजन गरिएको खड्काले जानकारी दिए । सबै जिल्लामा रोग नियन्त्रणका लागि खोप पुगेको भन्दै उनले संक्रमित पशुलाई लगाउँदा समस्या हुने भएकाले खोप अभियान प्रभावित भएको बताए । यद्यपी प्रदेश सरकार यो महामारी नियन्त्रणका लागि गम्भर भएको उनको भनाइ छ । तर संघ र प्रदेश सरकार रोग नियन्त्रणमा गम्भिर नभएको गुनासो स्थानीय सरकारको छ । स्थानीय सरकारले यो महामारी नियन्त्रणमा औषधिले पनि काम नगर्दा समस्या भइरहेको बताइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.