श्रीलंकामा एसिया कपको तयारी

श्रीलंकामा एसिया कपको तयारी
सुन्नुहोस्

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो। गत वैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको थियो। नेपालले श्रीलंकामा चार वटा अभ्यास खेल पनि खेल्ने क्यानले जनाएको छ।

काठमाडौं : नेपालले अर्को महिना हुने एसीसी एसिया कपको तयारी श्रीलंकामा गर्ने भएको छ। एसीसी इमर्जिङ टिम्स कप खेल्न श्रीलंका पुगेको नेपाली टोलीले १५ दिन श्रीलंकामै अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै एसिया कपका लागि श्रीलंकामै १५ दिन विशेष प्रशिक्षण सञ्चालन गर्ने जनाएको हो। 

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो। गत वैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको थियो। नेपालले श्रीलंकामा चार वटा अभ्यास खेल पनि खेल्ने क्यानले जनाएको छ। 

एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुँदैछ। नेपालले घरेलु टोली पाकिस्तानसँग मुल्तानमा अगष्ट ३० मा खेल्नेछ। यस्तै सेप्टेम्बर ४ मा नेपालले भारतको सामना गर्नेछ। 

यो खेल श्रीलंकामा हुनेछ। विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’मा छ। श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्। समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन्। सुपर फोरमा हरेक टोलीले एकअर्कासँग खेल्नेछन। शीर्ष दुई टोलीले भने फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। 

श्रीलंकामै भएको एसीसी इमर्जिङ टिम्स कपमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो। समूह ‘बी’मा रहेको नेपाल पाकिस्तानसँग चार र भारतसँग नौ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो। बुधबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.