भए प्रगति पथमा समयले गति लियौ
फलाइदियौ वृक्षहरू रोपेर हरियाली धन्य।
मुस्कुराउँछ प्रभात उचाली उच्च हिमाली शिर
गाउँछे कोइली विरहका भाका हटाउँदै पिर
छर्दै उज्यालो उमंगको बग्दछन् नदीका रेखी
हर्षित हुन्छ मन, स्वाधीनता नेपाली माटो देखी।
पसिना फल्ने उर्वर भूमि छ शान्त, सुरम्य फाँट
मुछिएको छ गोर्खाली रगत, पुर्खाले दिएको आँट
चन्द्र र सूर्य फर्फराउँछन् बोकेर विश्व मानचित्र
स्वर्गद्वारी नै लाग्छ घुमेर हेर्दा के छैन र भित्र।
आमाले दिएकी छन् अन्न पानी पेट भर्ने गाँस
बाबाले दिएका छन् औजार अगाडि बढ्ने सास
उत्सव लाग्छ प्रिय जीवन यी दुवै पुरुष नारी
भाग्यमानी भई जो जन्मिन्छ प्रत्यक्ष स्वर्ग पारी।
-खेम रिजाल /ओहायो, अमेरिका