पोखरीमा हामफालेका पुरुषको मृत्यु

पोखरीमा हामफालेका पुरुषको मृत्यु
सांकेतिक तस्बिर

विराटनगर : पोखरीमा हामफालेका मोरङको धनपालथान गाउँपालिका–५ बबियाका ५७ वर्षीय अगमलाल सरदारको आइतबार दिउँसो मृत्यु भएको छ।

घरनजिकको पोखरीमा हामफालेका उनलाई उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। घाइते अवस्थामा अगमलाललाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरबाट अन्दाजी १ सय ५० मिटर पश्चिममा रहेको माछा पोखरीमा दिउँसो १ः४० बजेतिर अगमलाल हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

माछापालन हुँदै आएको उक्त पोखरी धनपालथान–५ का प्रेमनिधी तिवारीको हो। अगमलाल पोखरीमा हामफालेको उनका दाजु विष्णु सरदारले देखेका थिए। त्यसलगत्तै छरछिमेकीलाई घटनाको जानकारी गराएर उनी भाइको उद्धारमा लागे। 

स्थानीयको सहयोगमा उद्धार गर्दै अगमलाललाई अस्पताल पुर्‍याउँदा दिउँसो २:४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। डीएसपी दाहालले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.