दोलाखाका गाउँमा बाँदर आतंक

दोलाखाका गाउँमा बाँदर आतंक
सुन्नुहोस्

दोलखा : दोलखाको गाउँहरूमा पछिल्ला केही वर्षयता बाँदर आतंकले स्थानीय किसानहरू हैरान भएका छन्। खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नाश गर्न थालेपछि किसान आजित भएका हुन्। बाली नष्ट गर्ने मात्र होइन मानिसलाई समेत आक्रमण गर्ने गरेको किसानहरूले बताएका छन्। 

बाँदरका हुल घर करेसामै पसेर मानिसलाई समेत आक्रमण गर्न थालेपछि समस्या भएको दोलखा कालिञ्चोक गाउँपालिका-८ साखल्पुका किसान दिलबहादुर आचार्यले बताए। 

पाक्न लागेको मकै बाँदरबाट जोगाउन हरेक दिन गौडा कुर्नुपर्ने दिलबहादुरको भनाइ छ। असार-साउनमा मकै जोगाउन र माघ-चैत्रमा आलु जोगाउन बाँदर हिँड्ने गौडामा धर्ना कस्नैपर्ने दिलबहादुरको गुनासो छ। 

अझ बाँदले महिलाहरूलाई घर करेसामै आएर आक्रमणनै गर्न थालेपछि थप समस्या भएको दिलबहादुरको भनाई छ। लगाएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू खेतबारी बाझै छोडेर विदेश जानुपर्ने दिन आएको छ। कालिञ्चोक-८ कै गोपीनी सार्कीले बाली जोगाउन बाँदर आउँछ की भनेर बस्नुपर्ने तर बाँदरले आक्रमण गर्ने भएकाले अर्को समस्या आएको बताइन्।

साखल्पु क्षेत्रमा दुई सय बढी बाँदर रहेको स्थानीयको भनाइ छ। बाँदरले मकै र आलुको अलवा गहुँ, फापर, कोदो, धान लगायतका बालीमा समेत क्षति पुर्‍याउने स्थानीय कृष्ण खड्काले बताए। 

अहिले वडा नम्बर ८ को डेढ दुई सय घरका स्थानीयको दिनचर्या बाँदर रुघेरै बित्ने गरेको कृष्ण खड्का बताउँछन्। 'बारीमा लगाएको अन्न बाली बाँदरले नष्ट गरेपछि अन्नबाली लगाउन नै छाड्नुपर्ने अवस्था छ',उनले भने। 

बाँदर आतंक नेपाल र भारतको धेरै ठाउँमा ठूलो समस्याका रूपमा देखिएको वन विज्ञान अध्यन संस्थान हेटौडाको जीवविज्ञान विभागका उपप्राध्यापक विष्णुप्रसाद पाण्डेले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.