लम्पी स्किन संक्रमणले घट्यो कर्णालीमा दूध उत्पादन

लम्पी स्किन संक्रमणले घट्यो कर्णालीमा दूध उत्पादन

मन्त्रालयका अनुसार दूध दिने गाई र भैंसी संक्रमित हुँदा दूधको उत्पादन घटेको छ भने गोरु संक्रमित हुँदा किसानले बर्खे खेती लगाउन समस्या भोगिरहेका छन्।

सुर्खेत : पशुमा लाग्ने लम्पी स्किन रोगका कारण कर्णालीमा दूध उत्पादन घटेको छ। संक्रमणका कारण धमाधम गाई र भैंसी बिरामी हुने र मर्न थालेपछि दूधको उत्पादनमा कमी आएको हो। यही रोगका कारण कर्णालीमा ८० प्रतिशत दूधको उत्पादन घटेको छ।

यो रोगको संक्रमण मुख्यगरी गाईगोरु, भैंसी र चौंरीमा देखिएको छ। रोगका कारण पशुहरू धमाधम मर्न थालेका छन्। संक्रमण तीव्र बनेका कारण किसानले पालेका गाई र भैंसी मरेका छन्। अधिकांश गाई र भैंसी रोगका कारण थला परेपछि दूध उत्पादन घटेको हो। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुमा देखिएको संक्रमणका कारण प्रदेशमा ८० प्रतिशतले दूधको उत्पादन घटेको जनाएको छ।

मन्त्रालयका पशुविकास अधिकृत प्रचण्ड खड्काले भने, ‘संक्रमण गाई र भैंसीमा बढी देखिएको छ, अधिकांश पशु रोगले थला परेका छन्। संक्रमण नियन्त्रण नहुँदा धेरै पशु मरेका छन्, गाई र भैंसीमा देखिएको संक्रमणले गर्दा प्रदेशमा दूधको उत्पादन नै घटेको छ।’

संक्रमणका कारण दूध उत्पादन घटेको र यसबाट किसानलाई नोक्सान भएको मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार दूध दिने गाई र भैंसी संक्रमित हुँदा दूधको उत्पादन घटेको छ भने गोरु संक्रमित हुँदा किसानले बर्खे खेती लगाउन समस्या भोगिरहेका छन्। संक्रमणका कारण दूध दिने गाई र भैंसी थला परेको र धेरैजसो मरेकाले पनि दूधको उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ।

प्रदेश र स्थानीय सरकारले संक्रमण नियन्त्रणका लागि प्रयास गरिरहेका छन्। तर, संक्रमण तीव्र बनेपछि यसको रोकथामका लागि सुरु भएको खोप अभियान नै प्रभावित बनेको छ। संक्रमित क्षेत्रमा खोप अभियान सञ्चालन गर्न नमिल्ने भएकाले पनि महामारीको रूपमा रोग फैलिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार असार अन्तिमसम्म कर्णालीमा लम्पी स्किन रोगको संक्रमणबाट ६ हजार ७ सय ४१ वटा पशु मरेका छन्। हालसम्म प्रदेशका १० वटै जिल्लामा गरी २ लाख १७ हजार १ सय ४३ वटा पशुमा लम्पी स्किन रोगको संक्रमण भएको छ। चौंरी, भैंसी, गोरु, गाई र बाच्छाबाच्छीमा संक्रमण देखिएको छ। 

संक्रमित मध्ये १ लाख ३७ हजार ९४ पशुको उपचार गरिएको मन्त्रालयका पशुविकास अधिकृत खड्काले जानकारी दिए। संक्रमणका कारण हिमाली जिल्ला डोल्पामा १४ वटा चौंरी पनि मरेका छन्। ‘संक्रमण नभएको जिल्ला छैन, सबै जिल्लामा महामारीको रूपमा फैलिएको छ’ पशुविकास अधिकृत खड्काले भने,‘संक्रमण फैलिएपछि उपचारका लागि खोप लगाउन नमिल्ने रहेछ, यसकारण पनि खोप अभियान प्रभावित भएको छ।’

उनकाअनुसार हालसम्म प्रदेशभर १२ हजार ४ सय ४३ डोज खोप लगाएको छ। संक्रमण फैलिएको क्षेत्रमा लगाउन नमिल्ने भएकाले खोप स्टक रहेको उनको भनाइ छ। संक्रमण फैलिन नदिन अब पशुको आवतजावत रोक्ने एकमात्र विकल्प रहेको मन्त्रालयको भनाइ छ।

महामारी नियन्त्रणका लागि नयाँ आर्थिक वर्षमा प्रदेशभरका लागि २ करोड बजेट विनियोजन गरिएको खड्काले जानकारी दिए। सबै जिल्लामा रोग नियन्त्रणका लागि खोप पुगेको भन्दै उनले संक्रमित पशुलाई लगाउँदा समस्या हुने भएकाले खोप अभियान प्रभावित भएको बताए। तर, संघ र प्रदेश सरकार रोग नियन्त्रणमा गम्भीर नभएको गुनासो स्थानीय सरकारको छ। स्थानीय सरकारले यो महामारी नियन्त्रणमा औषधिले पनि काम नगर्दा समस्या भइरहेको बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.