साउथवेस्ट भाडामा गडबडी

साउथवेस्ट भाडामा गडबडी
फाइल तस्बिर।
सुन्नुहोस्

२०५५ सालमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्यो । त्यो बेला एमाले नेता भीम रावल पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री थिए । उनले बीकेमान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाए । त्यसपछि बिनाटेन्डर चाइना साउथवेस्ट एअरलाइन्ससँग सम्झौता गरियो ।

नेपाल वायुसेवा निगमले चाइना साउथ वेस्ट विमान कम्पनीसँग तीन महिनाका लागि जहाज भाडामा लिँदा अनियमितता भयो भनी प्रश्न उठ्यो । जाँचबुझ गर्न पूर्वसचिव भोजराज पोखरेलको नेतृत्वमा आयोग बन्यो । त्यसलगत्तै संसद्को सार्वजनिक लेखा समितिले चाइना साउथ वेस्ट जहाज भाडामा लिँदा अनियमितता भएको भनेर प्रतिवेदन दियो । यो प्रकरणमा वायुुसेवा निगमले २२ करोड रुपैयाँको नोक्सानी व्यहोरेको देखियो ।

त्यसबेला एमालेले ‘लेखा समितिको निर्णयबाट एमाले पार्टी आश्चर्यचकित भएको’ प्रतिक्रिया दिएको थियो । लेखा समिति सभापति थिए, सुवास नेम्बाङ । भीम रावल पर्यटन राज्यमन्त्री थिए । प्रधानमन्त्री थिए, तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला । कोइरालाको नेतृत्व त्यो बेला कांग्रेस एमालेको संयुक्त सरकार बनेको थियो ।

‘चुनावी सरकारमा रहेका रावलले एक वर्षका निम्ति साउथ वेस्टसँग जहाज भाडामा लिँदा आर्थिक अनियमितता, बदनियतपूर्ण निर्णय र निगमको हितविपरीत सम्झौता गरेका छन् र उनीमाथि हदैसम्मको कारबाहीका निम्ति समिति सिफारिस गर्दछ’ लेखा समितिको निर्णयमा भनिएको थियो ।

त्यसबेला प्रतिउडान घण्टा ३०० अमेरिकी डलर कमिसनबापत लिएको एउटा पत्रसमेत सार्वजनिक भएको थियो । नेपाली राजनीतिमा यो काण्ड निकै चर्चित रह्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.