एयरबसलाई सीधै बैना

एयरबसलाई सीधै बैना
सुन्नुहोस्

विमान भाडा लिने र खरिद गर्ने सन्दर्भमा नेपालमा ठूला ठूला भ्रष्टाचार भएका छन् । धमिजा, चेज एयर, साउथ चाइना वेस्टलगायतका काण्डपछि अर्को काण्ड भयो, एयर बस ।

२०६६ सालमा निगमले एउटा न्यारो बडी र अर्को वाइड बडी एयरबस विमान खरिद गर्ने बतायो । सो समयमा निगममा जहाज अति आवश्यक पनि थियो । जहाजै नभइकन निगम चलाउने कि जहाज किनेर निगमलाई नाफामा लैजाने भन्ने थियो । सो समयमा सञ्चालक समितिका कार्यकारी अध्यक्ष थिए, सुगतरत्न कंसाकार ।

कंसाकारसहितको सञ्चालक समितिको बैठकले जहाज थपेर निगमलाई अगाडि बढाउने निर्णय गर्‍यो र टेन्डर भयो । टेन्डरमा अमेरिकी बोइङ र युरोपको एयरबस प्रतिस्पर्धामा ल्याइए । ३० लाख डलर सस्तो भएको भन्दै कंसाकारले सोझै एयरबससँग साना जहाज किन्ने निर्णय लिए । उनले सञ्चालक समितिलाई जानकारी पनि नगराई ३० करोड रुपैयाँ बैनास्वरूप एयरबसलाई पठाए ।

तर निगमसँग जहाज किन्ने पैसा भने थिएन । जहाज किन्ने पैसाको व्यवस्था नहुँदै सञ्चालक समितिको रोहवरमा जहाज खरिदका लागि कम्पनीलाई बैना पठाइयो । निगमले बैना पठाइसकेपछि विमान किन्ने आर्थिक स्रोत खोज्यो । तर, कसैले निगमलाई पत्याएनन् । त्यसपछि अब निगमको बैनास्वरूप गएको रकम के हुन्छ भन्ने प्रश्न जन्मियो । सो समयमा त्यसबारे संसद्को लेखा समितिमा खरिद प्रक्रियाको निर्णयविरुद्ध नै उजुरी पर्‍यो ।

तत्कालीन लेखा समितिले कमिसनको लोभमा अनियमित तरिकाबाट निर्णय गरेर एयरबसलाई बैना पठाएको भन्दै कारबाही सिफारिस गर्‍यो । यो प्रकरणमा अख्तियार आयोगले कंसाकारसहित तत्कालीन नायब महाप्रबन्धकद्वय राजकुमार केसी र गणेश ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्‍यो ।

२०६७ फागुनमा कंसाकारसँग विशेष अदालतले ६ करोड धरौटी माग गर्‍यो । तर, उनले धरौटी बुझाउन सकेनन् र जेल चलान भए । २०६८ को वैशाखमा कसांकारले विशेष अदालतबाट सफाइ पाए । एयरबसले बैनाबापत पठाएको रकम फिर्ता दिएपछि कंसाकारविरुद्धको मुद्दा प्रभावग्राही भएन र उनी छुटे । १० अर्ब खर्चिएर एक न्यारोबडी र एक वाइडबडी किन्ने कसांकारको योजना त्यतिबेला तुहियो ।

तर, विवाद मुछिएका कंसाकारलाई २०७२ जेठ १४ गते सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा तत्कालीन पर्यटनमन्त्री कृपाशुर शेर्पाको जोडबलमा पुनः महाप्रबन्धक बनाइयो । त्यतिबेलासम्म निगमले दुई वटा न्यारोबडी विमान भित्र्याइसकेको थियो । त्यसपछि निगमले दुई वटा वाइडबडी विमान ल्याउने प्रक्रिया थाल्यो र विमान ल्यायो ।

तर, यसमा ४ अर्ब भ्रष्टाचार भएको ठहर संसदीय उपसमितिले गरेको छ । संसदीय उपसमितिले मुख्य दोषी ठहर गरेका निगमका महाप्रबन्धक कसांकार योसहित दुई पटक निगमभित्रकै अनियमितता काण्डमा मुछिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.