भरतपुरमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते, बाटो अवरुद्ध

भरतपुरमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते, बाटो अवरुद्ध
सांकेतिक तस्बिर।
सुन्नुहोस्

चितवन : चितवन नारायणघाट मुग्लिन सडक खण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते भएका छन् । मङ्गलबार बिहान साढे सात बजे  भरतपुर महानगरपालिका २९ चौधकिलो पुलमा दुर्घटना भएको हो ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ ख२२३६ नं.को बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा बसमा चढेका ११ जना  घाइते भएका हुन्।   

भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत उनीहरुको अवस्था सामान्य रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी  बिजय पण्डितले बताए । दुर्घटनाका कारण  बाटो पूर्णरुपमा अवरुद्ध भएको डिएसपी पण्डितले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.