एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय टोलीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय टोलीबीच भेटवार्ता
तस्बिर : ओली सचिवालय

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्चस्तरीय टोली र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोलीले मंगलबार बिहान एमाले पार्टी कार्यालय  च्यासलमा ओलीसँग भेटवार्ता गरेको हो।

null

उनीहरूबीच दुई देशको द्विपक्षीय हित, दुई देशका कम्युनिष्ट पार्टी र चिनियाँ परियोजनाका विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ।  उनीहरुबीच बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे पनि छलफल भएको छ। 

आइतबार काठमाडौं आएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता लगायतसँग भेटवार्ता गरेका थिए।  उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली भ्रमणमा रहेकाले  भर्चुअल संवाद गरेका थिए।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.