वैद्यनाथ धाम गुठीको जग्गा अतिक्रमण
अछामको साँफेबगरमा रहेको बैद्यनाथ धाम गुठीको नाममा १८५२ सालमा राजा रणबहादुर शाहबाट लगाइएको लालमोहर अनुसार ३ गाउँ र ९ खेत ४० मुरी माटो (करिब एक हजार रोपनी जग्गा) रहेको इतिहास छ।
त्यसपछि १९८६ सालमा भएको नापीमा मन्दिरको नाममा एक हजार रोपनी जग्गा रहेको देखायो। तर, अहिले गुठीका नाममा १ सय ३७ रोपनी जग्गा मात्र छ। मन्दिर अहिले साघुरिँदै गएको छ। तीन वर्ष पहिले सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गुठीको जग्गा अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।
गुठीको ८ सय ६२ रोपनी ३ पैसा जग्गा अतिक्रमण भएको छ। गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडांैले विभिन्न व्यक्तिहरूले आफ्नो भनी दाबी गर्दै आइरहेको जग्गा गुठीको रहेको फैसला गत वर्ष गरिसकेको छ। यसको पूर्णपाठ भने आउन बाँकी छ। आफ्नो व्यक्तिगत जग्गासमेत गुठीमा परेको भन्दै
गुठी संस्थानले गरेको निर्णय आफूहरूलाई मान्य नभएको भन्दै जिल्ला अदालतमा मुद्दा हाल्ने तयारी भएको प्रेमनाथ योगीले बताए। १ सय ७१ जना गुठियारहरूले आफ्नो व्यक्तिगत जग्गा भएको दाबी गर्दै आइरहेका छन्।