चीनको सहयोगमा सिन्धुपाल्चोकको कुविण्डेमा ‘जीवन्त गाउँ’ नमुना परियोजना

चीनको सहयोगमा सिन्धुपाल्चोकको कुविण्डेमा ‘जीवन्त गाउँ’ नमुना परियोजना
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको कुविण्डेमा चीनको सहयोगमा ‘जीवन्त गाउँ परियोजना’ सुरू भएको छ । छिमेकी देश चीनको सहयोगमा चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डेमा आय आर्जनमा सहयोग गरी गरिबी निवारण गर्ने उद्देश्यले जीवन्त गाउँ परियोजना सुरू गरिएको हो ।

दक्षिण एसियाली मुलुकहरुको गरिबी निवारण तथा विकास सहयोग केन्द्रको नमुना परियोजना अन्तर्गत जीवन्त गाउँ परियोजना सुरू गरिएको हो । 

निवर्तमान सभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा र चीनको छोङकिङ प्रान्तका कृषि तथा ग्रामीण विकास आयोगका पार्टी सेक्रेटरी लिउ कुइचोङले परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिट ब्यूरो सदस्य एवम् छोङकिङ प्रान्तका पार्टी सेक्रेटरी युआन च्या चिनको नेपाल भ्रमणको अवसरमा कुविन्डेमा कार्यक्रम सुरुवात गरिएको हो ।

उद्घाटन कार्यक्रममा सापकोटाले गरिबी निवारणको चिनियाँ अनुभवबाट सिकेर नेपाली जनताको जीवनस्तरमा सुधार गर्न कुविन्डेबाट परियोजना सुरू भएकोमा गौरव महशुस भएको बताए । ‘यो परियोजना सुरु भएपछि यहाँको आर्थिक स्तरदेखि सबै आधारभूत आवश्यकतामा सुधार हुनेछ’, सापकोटाले भने, ‘विशेष गरी कृषि उत्पादनमा यो ठाउँ नमूना बन्ने विश्वास छ ।’

छोङकिङका कृषि तथा ग्रामीण विकास आयोगका पार्टी सेक्रेटरी लिउ कुइचोङले वेमौसमी तरकारी, पशु नश्ल सुधार एवम् आहार विहारमा सुधार गरी दुध उत्पादन वृद्धि,माटोको उर्वरा शक्ति बढाउने चिनियाँ प्रविधि एवम् अनुभव हस्तान्तरण गरिने जानकारी दिए ।

कृषि र पशुपालनलाई विशेष जोड दिइ जनतालाई कृषिबाटै आत्मनिर्भर बनाउने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रममा वडा नं ४ को कुविन्डे दुग्ध उत्पादक सहकारी संस्थालाई दूध प्याकेजिङ मेसिन प्रदान गरिएको छ ।
 
सोही वडाका कालिकादेवी माध्यमिक विद्यालय र सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालयका नर्सरीदेखि ८ सम्मका विद्यार्थी र ३ वटा इसीडीका जम्मा ४ सय ३६ विद्यार्थीलाई झोलालगायत शैक्षिक सामग्री वितरण गरिएको छ । 

वडा अध्यक्ष कुमार शर्माका अनुसार परियोजना अन्तर्गत कृषिबाटै जनताको जीवनस्तर उठाउन बेमौसमी तरकारी खेतीलगायतका तालिम सञ्चालन हुनेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.