मणिपुर घटनाबारे जानकारी माग गर्दै भारतको लोकसभा बैठकमा विपक्षीको विरोध

मणिपुर घटनाबारे जानकारी माग गर्दै भारतको लोकसभा बैठकमा विपक्षीको विरोध
सुन्नुहोस्

नयाँ दिल्ली : मणिपुरमा जारी हिंसाको विस्तृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा मणिपुरका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविकता जानकारी गराउनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जारी राखेपछि लोकसभाको बैठक स्थगित भएको छ। 

प्रश्नोत्तरको समय सुरु भएलगत्तै विपक्षी दलहरूले विरोध गरेका थिए। सभामुख ओम बिरलाले विपक्षी सदस्यहरूलाई आफ्नो सिटमा बस्न आग्रह गर्दै प्रश्नोत्तरकालले सरकारको जवाफदेहितालाई व्यवस्थित गर्न मद्दत गर्ने भएकाले सदन सञ्चालन हुनुपर्ने तर्क गरे। 

उनले विरोधस्वरुप प्लेकार्ड देखाउनु र नारा लगाउनु कुनै पनि समस्याको समाधान नभएको बरु त्यो संसदीय परम्परा विरुद्ध भएको बताए। कांग्रेस र अन्य विपक्षी दलहरूले आजको कार्यसूचीका विषयलाई हटाएर मणिपुरको स्थितिबारे छलफल गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै आएका छन्। यही साउन ४ गतेदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशन प्रारम्भदेखि नै अवरुद्ध हुँदै आएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.