नयाँ मौद्रिक नीतिले होटलको माग पूरा गरेन

नयाँ मौद्रिक नीतिले होटलको माग पूरा गरेन
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नयाँ मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको मौजुदा समस्या सम्बोधन गर्न नसकेको होटल संघ नेपालले जनाएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिले कोभिड– १९, रुस र युक्रेनको युद्धबाट चरम आर्थिक मन्दीको मारमा परेका होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिबाट पुनर्कर्जा, पुनर्तालिकीकरणजस्ता मौद्रिक उपायका साथै कम ब्याजदरको व्यवस्थाबाट यस क्षेत्रको जगेर्ना सहयोग नगरेको बताइएको छ।

पर्यटक संख्या बढे पनि तारेलगायतका होटलको कुल क्षमताको एक तिहाइभन्दा पनि कम क्षमता उपयोग भई सञ्चालनमा समेत घाटा रहेकाले बैंकलाई नियमित बुझाउनुपर्ने साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको संघले जनाएको छ। 

गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको मौद्रिक नीतिको समीक्षाले तिर्नु बुझाउनु पर्ने साँवा ब्याजलाई पुनर्कर्जा तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो। हालको मौद्रिक नीतिमा यस्ता थप कुनै व्यवस्था नभएको हुँदा होटल तथा पर्यटन क्षेत्र अलमलमा परेको जनाएको छ। 

तरकारीलगायतका कच्चा पदार्थमा लगाइएको कर र विलासिलाका नाममा लिइएको करबाट पनि मुलुकमा पर्यटन अभिवृद्धि गर्न अप्ठ्यारो परेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.