क्यान्सर केयर फाउन्डेसनलाई जापानद्वारा म्यामोग्राफी

क्यान्सर केयर फाउन्डेसनलाई जापानद्वारा म्यामोग्राफी
सुन्नुहोस्

काठमाडौं : नेपाल क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी मेसिन हस्तान्तरण गरिएको छ। जापान सरकारको सहयोगमा फाउन्डेसनलाई मेसिन हस्तान्तरण गरिएको हो। 


नेपालका लागि जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत जापान सरकारको सहयोगमा म्यामोग्राफी उपकरण हस्तान्तरण भएको हो। म्यामोग्राफी मेसिनले स्तन क्यान्सर भए नभएको पत्ता लगाउन सक्छ। 

 ललितपुरस्थित फाउन्डेसनमा आयोजित समारोहमा बोल्दै नेपालका लागि जापानका राजदूत किकुता युकाताले म्यामोग्राफी उपकरणले महिलाको जीवन बचाउन पहिलो पाइला हुने बताए। बिरामीका परिवारको सुखी जीवनका साथै स्थानीय समुदायको विकासमा योगदान पुग्ने विश्वास लिएको उनको भनाइ थियो। राजदूत युकाताले कोरोना भाइरसको विश्वव्यापी संक्रमणको कारण २०७६ साल फागुनमा उपकरण हस्तान्तरण योजना स्थगित हुन पुगेको स्मरण गरे।

नेपाल क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले म्यामोग्राफी मेसिन प्राप्त हुँदा थप हौसला मिलेको बताए। ‘विश्वमा महिलामा सबैभन्दा बढी स्तन क्यान्सर पाइए पनि नेपालका पाठेघरको मुखको क्यान्सरको मृत्युदर उच्च देखिएको छ,’ अध्यक्ष पन्तले भने, ‘यी दुवै क्षेत्रमा केही गरौं भन्ने भावनाले अघि बढ्दा जापान सरकारको कोशेढुंगाका रूपमा प्राप्त भएको सहयोगले थप हौसला मिलेको छ।’ 

फाउन्डेसनले १७ सयभन्दा बढी सेवाग्राहीलाई स्क्रिनिङ गर्दा दुई जना पुरुषमा समेत स्तन क्यान्सर पाइएको उनले जनाए।

फाउन्डेसनकी महासचिव एवं वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले सेवायुक्त सोच र दृढ इच्छाशक्ति भएका व्यक्तिको पहलमा संस्था स्थापना गरिएको जानकारी दिइन्। नेपालका क्यान्सरको तथ्यांक हेर्दा महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा रहेको डा. घिमिरेले बताइन्।  

फाउन्डेसनले स्थापनाकालदेखि नै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरलाई केन्द्रविन्दुमा राखी काठमाडौं उपत्यका र बाहिरी जिल्लामा विभिन्न कार्यक्रम गरिएको जानकारी दिँदै डा.घिमिरेले सातवटै प्रदेशमा २५ हजारभन्दा बढी व्यक्तिलाई सुसूचित गराइसकेको जानकारी दिइन्। 

फाउन्डेसनमा २५ हजारभन्दा बढी महिलाको पाठेघरको मुख जाँच र १७ सयभन्दा बढी महिलाको स्तन क्यान्सरको जाँच भइसकेको  छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.