नाइजरका राष्ट्रपति सुरक्षाकर्मीको कब्जामा, सेनाद्वारा आक्रमणको चेतावनी

नाइजरका राष्ट्रपति सुरक्षाकर्मीको कब्जामा, सेनाद्वारा आक्रमणको चेतावनी
सुन्नुहोस्

 

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार प्रतिष्ठित प्रेसिडेन्सियल गार्डका असन्तुष्ट सदस्यहरूले नियन्त्रणमा लिई आक्रमणको चेतावनी दिएका राष्ट्रपति निकट स्रोतले जनाएको छ ।

पश्चिम अफ्रिकी समूह (इकोवास) ले उक्त घटनालाई ‘कू’ को प्रयास भन्दै यसको निन्दा गरेको छ । साथै, राष्ट्रपतिलाई तत्काल बिना शर्त रिहा गर्न ‘आक्रमणकारीहरू’सँग आग्रह गरेको छ ।

सन् २०२१ मा फ्रान्सको निकट सहयोगी बाजुम निर्वाचनबाट विजयी भएर नाइजरको राष्ट्रपति बनी गरिबीमा डुबेको र दीर्घकालीन अस्थिरताको इतिहासले थिचिएको देशको नेतृत्व सम्हालेका थिए । 

'बुधबार बिहान सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयहरूमा प्रवेश बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका थिए र वार्तामा उनीहरूको माग पूरा नभएको भन्दै ‘राष्ट्रपतिलाई रिहा गर्न अस्वीकार गरेका थिए,' राष्ट्रपति स्रोतले भनेको छ । 

'सेनाले आक्रमणकारीलाई नियन्त्रणमा रहेका सबै सदस्यलाई तत्काल विना शर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन चेतावनी दिएको छ,' नाम नबताउने शर्तमा स्रोतले भन्यो ।

ट्वीटरमा ‘एक्स’ नामबाट दिइएको सन्देशमा राष्ट्रपतिको कार्यालयले भनेको छ, 'प्रेसिडेन्सियल गार्ड (पीजी) का केही व्यक्तिले आवेगमा आई राष्ट्रपतिलाई घेराऊ गरेको र राष्ट्रिय सशस्त्र बल र राष्ट्रिय गार्डको समर्थन प्राप्त गर्ने असफल ‘कू’ को प्रयास गरेका थिए ।' 

'सेना र राष्ट्रिय गार्डले राष्ट्रपतिलाई आक्रमण गर्ने उक्त समूहलाई चेतावनी दिँदै यदि उनीहरू शान्तिपूर्णरूपमा सहमतिमा नआएमा उनीहरूको प्रतिकार गरी राष्ट्रपतिलाई सहयोग गर्न तयार रहेको छ,' राष्ट्रपतिको कार्यालय स्रोतले नाम गोप्य राख्ने शर्तमा भनेको छ । 

स्रोतका अनुसार राष्ट्रपति र उनको परिवार स्वस्थ अवस्थामा रहेका छन् । सुरक्षाकर्मीको रिसको कारण भने खुलाइएको छैन ।

एएफपीका एक संवाददाताका अनुसार नियामीस्थित राष्ट्रपति भवनसम्म प्रवेशमा रोक लगाइएको छ । यद्यपि उक्त क्षेत्रमा कुनै असामान्य सैन्य तैनाथी वा गोली चलेको आवाज आएको छैन र यातायात सामान्य रहेको छ ।

नाइजेरियाबाट जारी विज्ञप्तिमा इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) ले प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित एक नेताविरुद्ध ’कू’ को प्रयास हुनु निन्दनीय भएको जनाइएको छ ।

उक्त समूह र अन्तर्राष्ट्रिय समुदायले बाजुम, उनको परिवार, सरकारका सदस्य र सर्वसाधारणको सुरक्षाका लागि संलग्न सबैलाई जिम्मेवार ठहर्‍याउने चेतावनी दिएको छ । रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.