पोखरामा 'क्यानोनिङ' गर्दा लडेर एक जनाको मृत्यु
बुधबार अपरान्ह माछापूछ्रे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पोखरा : पोखरामा छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको मृत्यु भएको छ।
बुधबार अपरान्ह माछापूछ्रे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। रासस