नेपालगन्जमा ‘सिनेरोयल’

नेपालगन्जमा ‘सिनेरोयल’
सुन्नुहोस्

नेपालगन्ज : डाक्टर राहुल थापाले नेपालगन्जमा अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक सिनेमा घर ‘सिनेरोयल’ सञ्चालनमा ल्याएका छन्। २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको सिनेरोयलको संरक्षकमा डा. थापाका पिता वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद थापा र माता वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापा छन्। यो परिवारले नेपालगन्जमा एक सय शय्याको वेष्टर्न हस्पिटल पनि सञ्चालन गरेको छ। 

नेपालगन्ज उपमहानगरपालिका–१० सुर्खेत रोडस्थित सिनेरोयलको सिनेमा हलका प्रबन्ध निर्देशक डा.राहुलले बिहीबार मातापितालाई साक्षी राखेर शुभारम्भ गरे। ‘नेपालगन्ज र लुम्बिनी प्रदेशका लागि मात्र होइन, नेपालकै लागि गौरवको प्रोजेक्ट हो। अन्तर्राष्ट्रिय मापदण्डको लक्जरी सिनेमा थिएटर बनेको छ। यसले भारतीय सिनेमा प्रेमीलाई पनि आकर्षित गरेर पर्यटन क्षेत्रमा बढावा दिनेछ हामीलाई विश्वास छ’, उनले भने, ‘अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउन्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ।’ संयुक्तराज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउन्ड सिस्टम रहेको छ। सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्रीडी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट  ३ बीम गेट–डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्छ। नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ। थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सिटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ।

कार्यक्रममा चलचित्र भवन निर्माणका टिम लिडर किरण ढकालले तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोका खोलेको बताए। ३ ओटा आडिटोरियममा ५ सय ६० सिटको साथ, सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना भएको बताए। सिनेरोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्ण रूपमा अग्नि–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गरेको बताए। थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्छ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गर्छ। 

थिएटरको उद्देश्य भारतका चलचित्र प्रेमीहरूलाई पनि आकर्षित गर्नु हो र यसले निश्चित रूपमा पर्यटनमा योगदान पु¥याउनेछ, जहाँ सीमा पार बस्ने चलचित्र प्रेमीहरूसमेत यस असाधारण चलचित्र अवलोकन यात्राको एक हिस्सा हुने सिनेरोयलको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.