चार्जमा रहेको सिटी सफारीमा खेल्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु
बिहीबाराति आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाला साहका छोरा ३ वर्षीय दिनेश शाहको चार्जमा रहेको सिटी सफारीमा खेल्ने क्रममा करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राइले बताए ।
धरान : सुनसरीको दुहबी नगरपालिका वडा नम्बर-२ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बिहीबाराति आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाला साहका छोरा ३ वर्षीय दिनेश शाहको चार्जमा रहेको सिटी सफारीमा खेल्ने क्रममा करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राइले बताए ।
उनले घाइते बालकको उपचारको क्रममा बिराट टिचिङ हस्पिटल बिराटनगरमा मृत्यु भएको बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।