बागलुङमा ७२ प्रतिशत पुँजीगत बजेट खर्च

बागलुङमा ७२ प्रतिशत पुँजीगत बजेट खर्च
सुन्नुहोस्

बागलुङ : बागलुङमा गत आर्थिक वर्ष २०७९/०८० मा ७२ दशमलव ८८ प्रतिशत विकास बजेट खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङ र प्रदेश लेखा इकाई बागलुङका अनुसार गत आवमा संघीय सरकारको ७१ दशमलब ९४ प्रतिशत र प्रदेशको ७३ दशमलव ८० प्रतिशत पुँजीगत  खर्च भएको हो।

पुँजीगत खर्च शीर्षकमा दुईवटै सरकारका निकायको ४ अर्ब ७४ करोड ९३ लाख १२ हजार ६ सय १५ रुपैयाँ बजेट विनियोजित भएकोमा ३ अर्ब ४६ करोड १३ लाख ८६ हजार १ सय ७० रुपैयाँ बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए।

चालुतर्फ कूल ८ अर्ब ८९ करोड २९ लाख ४२ हजार १६ रुपैयाँ विनियोजित बजेटमा ९१ दशमलव ९२ प्रतिशत अर्थात ८ अर्ब  १७ करोड ३९ लाख ६६ हजार ४ सय ५८ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक बस्यालले बताए। उनले संघको ९२ दशमलव ९२ प्रतिशत र प्रदेशको ८१ दशमलब १४ प्रतिशत चालु खर्च भएको बताए। 

चालु खर्चमा संघ तर्फ ८ अर्ब १३ करोड १६ लाख ६३ हजार २ सय ५२ रुपैयाँ विनियोजित बजेटमा ७ अर्ब ५५ करोड ६२ लाख ५१ हजार ३ सय ५९ रुपैयाँ र प्रदेश तर्फ ७६ करोड १२ लाख ७८ हजार ७ सय ६४ रुपैयाँ विनियोजित बजेटमा ६१ करोड ७७ लाख १५ हजार ९८ रुपैयाँ बजेट खर्च भएको कोलेनिकाका सूचना अधिकारी कोष नियन्त्रक जब्बर बहादुर भण्डारीले बताए।

संघीय र प्रदेशको चालु बजेटमा तलब भत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदान समेत समेटिएको छ। समग्रमा बागलुङमा भित्रिएको कूल १३ अर्ब ६४ करोड २२ लाख ५४ हजार ५३१ रुपैयाँ बजेटमध्ये ८५ दशमलव २९ प्रतिशत अथवा ११ अर्ब ६३ करोड ५३ लाख ५२ हजार ६ सय २७ रुपैयाँ खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए।

कोष नियन्त्रक भण्डारीका अनुसार पुँजीगत खर्चमा आर्थिक वर्ष २०७८/०७९ मा भन्दा २०७९/०८० मा बागलुङमा संघ तर्फको बढेको र प्रदेश तर्फ घटेको देखिएको बताए। 

उनले आव २०७८/०७९ मा संघीय सरकार तर्फ ५८ दशमलव २५ प्रतिशत पुँजीगत खर्च भएकोमा गत आवमा ७१ दशमलव ९४ प्रतिशत खर्च भएको बताए। उनले प्रदेश सरकार तर्फ ८७ दशमलव ६७ प्रतिशत पुँजीगत खर्च भएकोमा गत आवमा ७३ दशमलव ८० खर्च भएको बताए।

कोष नियन्त्रक भण्डारीका अनुसार आव २०७८/०७९ मा स्थानीय तहहरूले खर्च भएको बजेट साउनमा फिर्ता गर्दा राजश्वमा वृद्धि देखिएको र गत आर्थिक वर्षमा असार मसान्त भित्रै फिर्ता गर्नुपर्ने नियमानुसार फिर्ता गरेकोले बजेट घटेको देखिएको बताए।

यस्तै बागलुङमा गत आर्थिक वर्षमा राजश्व संकलनमा वृद्धि भएको छ। कोलेनिका बागलुङका अनुसार आव २०७८/०७९ मा भन्दा गतआव २०७९/०८० मा राजश्व संकलनमा वृद्धि भएको हो। 

कोष नियन्त्रक भण्डारीका अनुसार गतआव २०७९/०८० मा १ अर्ब ४३ करोड ५५ लाख २८ हजार ८९४ रुपैयाँ राजश्व संकलन भएको छ। बागलुङमा संघ तर्फ १ अर्ब २१ करोड ९ लाख ९० हजार ३२०  रुपैयाँ र प्रदेश तर्फ २२ करोड ४५ लाख ३८ हजार ५७४ रुपैयाँ राजश्व संकलन भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.