भगवतीको मूर्ति हेर्न बढे पर्यटक

भगवतीको मूर्ति हेर्न बढे पर्यटक
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिर धार्मिक पर्यटकीय स्थलको रूपमा विकास हुन थालेको छ। 

एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति प्रतिस्थापन गरेपछि धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ। सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका वडा नं. ९ मा अवस्थित अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको नगरपालिकाका इन्जिनियर हरि बोहोरोले बताए।  

लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ।

सन्धिखर्क नगरपालिकाका पूर्वनगरप्रमुख कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापना गर्न पहल गरेका हुन्।  जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा आर्थिक कारोबार तथा व्यावसायिक कारोबारमा मन्दी आउन थालेपछि नगरपालिकाले धार्मिक पर्यटकलाई भिœयाउनका लागि मूर्ति स्थापना गरेपछि केही आशा पलाएको चुत्राबेसीका व्यवसायी डिलाराम भुसालले बताए। 

सन्धिखर्क नगरपालिकाको झन्डै दुई करोड रुपैयाँको लागतमा मूर्ति राख्ने काम भएको छ। वरिपरि सबैतिर मन्दिर तथा दरबारलाई सिंगार्ने काम भइरहेको छ। ललितपुरका दक्ष मूर्तिकारले मूर्ति निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए।   

दैनिक रूपमा वैदिक विधिपूर्वक पूजाआजा हुने यस मन्दिरमा बडा दसंै र चैते दसंैमा विशेष पूजाआजा हुन्छ। कोजाग्रत पूर्णिमा, कृष्ण जन्माष्टमी र राम नवमीमा विशेष मेला लाग्ने स्थानीय विष्णु भुसालको भनाइ छ। 

पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले स्थापना गरिएको यस मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ। आजभोलि मूर्ति हेर्न र दर्शन गर्न आउने क्रम बढ्दो छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.