दोलखामा सवारी दुर्घटना घट्यो

दोलखामा सवारी दुर्घटना घट्यो
सुन्नुहोस्

दोलखा : जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा अघिल्लो वर्षभन्दा सवारी दुर्घटनाको दरमा कमी आएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख देवकुमार घिसिङका अनुसार जिल्लामा गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म २७ वटा सवारी साधन दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने ५४ जना घाइते भएका छन्।  

जिल्लामा २७ वटा साना तथा ठूला सवारी साधन दुर्घटना भएका हुन्। दुर्घटनामा मृत्यु हुनेमा चार जना पुरुष र एक महिला छन्। दोलखामा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४२ वटा सवारी साधन दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने ७८ जना घाइते भएका थिए। 

जिल्लामा सबैभन्दा  बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन् भने सबैभन्दा कम ट्याक्टर दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ। विभिन्न सचेतनाका कार्यक्रमहरू सञ्चालन, प्रभावकारी ट्राफिक व्यवस्थापन, सातदोबाटो चोकमा लाग्ने गरेको हाटबजारको व्यवस्थापन ग्रामीण सडकहरूको स्तरोन्नति लगायतका कारणले दुर्घटनाको दरमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.